रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशिकरण परिक्षण (जेसी अडिट) सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सिस्ने गाउँपालिकाको आयोजना र लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगन्ज बाँकेको सहयोगमा रुडास नेपालले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

आइतबारबाट सुरु भएको कार्यक्रम आजसम्म चलेको रुडास नेपालका कार्यकारी प्रमुख तथा जेसी अडिटका सहजकर्ता शोभाराम डाँगीले बताउनुभयो । उहाँकाअनुसार अभिमुखीकरण कार्यक्रममा जेसी अडिट भनेको के हो, यो किन गर्ने, यसको विधि, प्रक्रिया र जेसी अडिट गर्दा गाउँपालिकालाई के फाइदा हुन्छ भन्ने विषयमा सहभागिहरुलाई जानकारी गराइएको छ । यस्तै यसको सवल र दुर्वल पक्ष, अवसर तथा चुनौतीको विश्लेषण पनि गरिएको छ ।

अभिमुखिकरण कार्यक्रमका क्रममा गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा ११ सदस्यीय कार्यान्वयन समिति र जेसी अडिटको लागि उपाध्यक्ष गोबर्धन बुढाको संयोजकत्वमा ५ सदस्यिय कार्यदल पनि निर्माण गरिएको छ । यसले अडिटको काम गर्ने छ । जेसी अडिटले गाउँपालिकामा लैगिंक हिंसा बिरुद्धको अभियानका बजेट छ की छैन्, अपागं, अल्पसंख्यकको लागी बजेटको व्यवस्था तथा नीति निर्माण गरिएको छ की छैन भनेर हेर्न तथा नगरेको भए बजेट व्यवस्थापन देखि नीति निर्मणमा सघाउ पुर्याउने छ ।

यस्तै बजेटको व्यवस्था र नीति निर्माण गरेर पनि कार्यान्वन नभएको खण्डमा कार्यान्वयन गर्नमा सहयोग पुर्याउनेछ । यसले गाउँपालिकालाई थप लैंगिकमैत्री बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । लैंगिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धि सुचकमाथि सामुहिक रुपमा छलफल गरि लैंगिक बजेट र गाउँपालिकामा लैंगिकता सम्बन्धि भए गरेका कामको आधारमा गाउँपालिकालाई ५८ अंक दिइएको सहजकर्ता डाँगीले बताउनुभयो । गत वर्ष पनि सिस्ने गाउँपालिकामा जेसी अडिट गरेको बताउदै डाँगीले पहिलेको तुलनामा यस वर्ष सिस्नेले लैंगिक मैत्री काम गरेको पाइएको बताउनुभयो ।

सवै कुराको अध्ययन र छलफल गर्दा सन्तोषजनक काम भई रहेको पाइएको उहाँको भनाई छ । दुई दिनसम्म सञ्चालन भएको अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित कार्यपालिका सदस्य, गाउँपालिकाका विभिन्न शाखामा कार्यरत शाखा प्रमुख, महिला कर्मचारी र महिला अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।