रुकुम(पूर्व) स्थित सानीभेरी नदिमा जलयात्रा(¥याफ्टिङ) को परिक्षण गरिएकोे छ । शुक्रबार पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश बुटवलबाट आएको टोलीले सानीभेरी नदिमा ¥याफ्टिङको परिक्षण गरेको हो । परिक्षण सफल भएको मन्त्रालयबाट आउनुभएका प्राविधिक विवेक शाहले बताउनुभयो । हामिले यस वर्ष लुम्बिनी प्रदेशका विभिन्न नदिमा गरेका परिक्षणलाई केलाउदा यो नै उत्कृष्ट परिक्षण हो, उहाँले भन्नुभयो ।
मन्त्रालयबाट आएको टोलीले भुमे गाउँपालिका ५ को सौरिखोला देखि बालुवा, सिस्ने ६ को धाउने र ७ को नाथिगाड हुर्दैँ सिस्नेरीसम्म ¥याफ्टिङ परिक्षण गरेको छ । प्रदेश पर्यटन मन्त्रालयको सहयोग र सिस्ने गाउँपालिकाको समन्वयमा सानीभेरीमा ¥याफ्टिङ परिक्षण भएको हो ।
सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, गाउँपालिकाका इन्जिनियर कर्ण केसी, प्रशासन प्रमुख अरुण कुमार ओली, होटेल तथा पर्यटन व्यवसायी सुनिल रोका, मनोविमर्शकर्ता सुगन्धा मल्ल, समाजसेवी बासुदेव गौतम, माओबादी केन्द्रका सिस्ने गाउँपालिका सदस्य विष्णुजंग शाहले परिक्षण जलयात्रा गर्नुभएको छ ।
परिक्षणका क्रममा गाउँपालिका अध्यक्ष बरालले सिस्नेको थप विकासका लागि पर्यटनलाई ध्यान दिन जरुर रहेको बताउनुभएको थियो । सानीभेरी नदिलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सके नियमित जलयात्रा गरी रोजगारीबाट आम्दानी बढाउन र संसारभर रुकुम(पूर्व)लाई चिनाउन जलयात्रा महत्वपूर्ण माध्यम हुने बरालको भनाई छ । अध्यक्ष बरालले सकारात्मक रिपोर्ट मन्त्रालयमा पुर्याउन पनि प्राविधिक टोलीलाई आग्रह गर्नुभएको छ ।
शुक्रबार सानीभेरी नदिको करिव १३ किलोमिटर क्षेत्रमा सफल ¥याफटिङ जलयात्रा गरिएकोे छ । यसअघि रोल्पाको माडी खोला, प्युठानको माण्डबी नदि र दाङको राप्ती नदिमा ¥याफ्टिङको परिक्षण गरिएको थियो । अहिलेसम्म गरिएका परिक्षणलाई हेर्दा पानीको सतह, बहने गति र भुगोलका दृष्टिकोणले सानीभेरी नदि ¥याफ्टिङको राम्रो सम्भावना बोकेको नदि भेटिएको प्राविधिकहरुले निस्कर्ष निकालेका छन । अब दाङको बबई र पाल्पाको कालीगण्डी नदिमा परिक्षण गर्न बाकी छ ।
सानीभेरी नदिको तिरमै तातोपानीको मुहान भएकाले पनि जलयात्राका लागि यस नदि उत्कृष्ट हुने अनुमान गरिएको छ । ¥याफटिङको चिसो तातोपानीमा गएर विसर्जन गर्न सकिने हुदाँ सानीभेरी जलयात्राका लागि उत्तम मानिने छ । अव यहाँको परिक्षण रिपोर्ट प्राविधिक टोलीले मन्त्रालयमा लगेर बुझाउने छ । मन्त्रालयलले प्रदेश भरिका नदिको रिपोर्ट अध्ययन गरी उत्कृष्ट ठाउँ छनोट गर्नेछ । राम्रो सम्भावना बोकेको ठाउँमा ¥याफटिङको विकास र पर्यटन प्रर्वद्धन गर्न लुम्बिनी प्रदेश सरकारले लगानी गर्ने योजना बनाएको छ ।