रुकुम(पूर्व) मा ७ दिने आधारभूत पत्रकारीता तालिम सुरु भएको छ । जिल्लामै पहिलो पटक ७ दिने आधारभूत पत्रिकारिता, उद्धघोषण तथा प्राविधिक तालिमको सुरुवात गरिएको हो । तालिमको पूर्व आपूर्ती मन्त्रि तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गनेशमान पुनले पानसमा बत्ति बालेर तथा ब्यानर पढेर उद्धघाटन गर्नुभयो ।

सिस्ने, भूमे तथा पुथाउत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग, प्रेस सेन्टर नेपाल रुकुम (पूर्व) को समन्वय र रेडियो पूर्वी रुकुमको आयोजनामा तालिम सञ्चालन गर्न लागिएको हो । तालिम आजबाट सुरु भई यहि फागुन २१ गतेसम्म चल्ने भएको छ । ७ दिनको अवधिमा समाचार लेखन, कार्यक्रम सञ्चालन तथा उत्पादन र प्राविधिकतर्फको विभिन्न कुराहरु सिकाइने छ ।

 

रुकुम(पूर्व) मा पत्रकारको संख्या कम भएको र नयाँ मानिसहरु यस क्षेत्रमा नआइरहेको बेलामा रेडियोले नयाँ पत्रकार उत्पादनको लक्षसहित तालिमको आयोजना गरेको रेडियोका स्टेसन म्यानेजर गनेश ओलीले जानकारी दिनुभयो । तालिममा रुकुम(पूर्व) का ३१ वडाबाटै सहभागीहरु आएका छन् । तालिमको सहजिकरण रुकुम(पूर्व) र पश्चिमका पत्रकारहरुले गर्नुहुने छ ।

रेडियोका स्टेसन म्यानेजर गनेश ओलीको अध्यक्षतामा भएको तालिम उद्धघाटन कार्यक्रममा पूर्व आपूर्ती मन्त्रि तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गनेशमान पुनको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा सिस्ने गाउँपालिकाका प्रवक्ता एवम् २ नम्बर वडाध्यक्ष जिवन केसी, नेपाल पत्रकार महासंघ रुकुम(पश्चिम) का अध्यक्ष लक्ष्मण केसी, रेडियो सञ्चालक समितिका अध्यक्ष लालबहादुर विसी, नेकपा माओवादी केन्द्रका प्रदेश समस्या एवम् सिस्ने गाउँपालिका इन्चार्ज कृष्ण रेग्मिको आतीथ्यता रहेको थियो ।

यसैगरी कार्यक्रममा रेडियो सञ्चालक समिति सदस्य नमिता बुढा, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य रेवन खड्का, सिस्ने गाउँपालिकाका उद्यम विकास सहजकर्ता मदन विसीलगाएतको आतीथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन रेडियो पूर्वी रुकुमका प्राविधिक बसन्त बाँठामगरले गर्नुभएको थियो ।।