नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र सिस्ने गाउँपालिकाको बैठक भोली बस्दै छ । रुकुमकोटमा बिहान ११ बजे गाउँ समितिको बैठक बस्न लागेको हो । बैठक केन्द्रबाट आएको सर्कुलरअनुसार संगठनलाई पूर्णता दिने र निर्वाचन परिचालन सम्बन्धि एजेण्डाहरुमा केन्द्रित हुने गाउँपालिका इन्चार्ज एवम् पार्टी प्रदेश समितिका सदस्य कृष्ण रेग्मिले जानकारी दिनुभयो ।

यस्तै बैठकमा हरेक वडाको राजनीतिक, आर्थिक, सामाजिक अवस्थाको संक्षिप्त रिपोर्ट राख्ने, सबै टोेलमा पार्टी कार्यालय वा सम्पर्क कार्यालय राख्ने, सुचना तथा प्रचारप्रसारको कामलाई व्यवस्थित गर्न वडावडामा संयन्त्र निर्माण गर्ने लगाएतका विषयहरुमा छलफल हुने इन्चार्ज रेग्मिले बताउनुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गनेशमान पुन र तेजबहादुर ओलीको उपस्थितमिा बैठक बस्ने माओवादी केन्द्र सिस्ने गाउँ समितिले जनाएको छ ।