रुकुम(पूर्व) मा नेकपा माओवादी केन्द्र सिस्ने गाउँसमितिको बैठक सुरु भएको छ । रुकुमकोटमा गाउँ समितिको बैठक सुरु भएको हो । बैठक भोलीसम्म चल्ने छ । बैठकमा राजनैतीक संगठनात्मक कामकाज, गाउँ समिति मनोनीत, सचिवालय गठन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार गठन लगाएतका एजेण्डाहरुमा छलफल हुने नेकपा माओवादी केन्द्र सिस्ने गाउँ समितिका सचिव कर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार विभागहरु ग्ठन, नविकरण संगठित सदस्यता वितरण, पार्टी सदस्यता विस्तार, जनभेला, भेटघाट, राजनैतीक दल, अन्तरक्रिया अभियान दल, स्थानीय निर्वाचन सम्बन्धि तयारी, मुल समिति संयोजक तोक्ने विषयमा छलफल गरिने छ । यस्तै निर्वाचन परिचालन समितिको सचिवालय, विभिन्न उपसमिति निर्माण, मतदाता नामावली सच्याउने, विकास निर्माणको तथ्याङ्क लगाएतका एजेण्डाहरुमा छलफल हुने छन् ।
आज बैठकमा पार्टीका वडा इन्चार्ज तथा सहइन्चार्जहरुले आफ्नो वडाको रिपोर्टीङ गरेका थिए भने केन्द्रको सर्कुलर बाचन गरिएको थियो । नेकपा माओवादी केन्द्र सिस्ने गाउँ समितिका अध्यक्ष मन्सराम खड्काको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पूर्व आपूर्ती मन्त्रि गनेशमान पुनको प्रमुख आतीथ्यता रहेको थियो ।
बैठकमा पार्टीका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओली, केन्द्रिय सदस्य एवम् पूर्व खेलकुद मन्त्रि दलजित शेर्पाली, केन्द्रिय सदस्य एवम् वाइसीयलका केन्द्रिय सहसंयोजक सुबोधराज शेर्पालीको विशेष आतीथ्यता रहेको थियो । यसैगरी लुम्बिनी प्रदेश समिति सदस्य एवम् रुकुम(पूर्व) जिल्ला समन्वय समिति संयोजक मेघबहादुर श्रेष्ठ, प्रदेश समिति सदस्य जुनकुमारी रोका, प्रदेश समिति सदस्य एवम् सिस्ने गाउँपालिका इन्चार्ज कृष्ण रेग्मि, प्रदेश सदस्य कुमारी बराललगाएतको आतीथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र सिस्ने गाउँसमितिका सचिव कर्णबहादुर खत्रीले गर्नुभएको थियो ।