
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पूर्व खेलकुद मन्त्रि दलजित शेर्पालीले रुकुम रुकुम मात्र नभएर जनयुद्धको उद्धगम थलो भएको बताउनुभएको छ । गणतन्त्र स्थापनाको लागि युद्धको थालनी भएको यस जिल्लामा उपलब्धिहरु प्नि धेरै भएको तर ती कुराहरुलाई जनसमुदायमा पुर्याउन नसकिरहेको उहाँले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रको सिस्ने गाउँ समितिको बैठकलाई संबोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । देशमा परिवर्तन ल्याउनको लागि युद्ध थालनी भएको यस जिल्लामा माओवादीकै कारण यतीसम्म विकास भएको भनाई उहाँले राखनुभएको थियो । “रुकुम माओवादीको आधार इलाका हो”, उहाँले भन्नुभयो, “यहाँका जनताका जिवनस्तर बदल्दै विचारलाई उचाईमा पुर्याउनुपर्छ ।” सहिद, घाइते, बेपत्ता योद्धाहरुको सपना साकार पार्न पार्टी लागिपरेको भनाई उहाँको छ ।
माओवादीले गरेको क्रान्तिको उपलब्धि नै अहिलेको संघियता भएको बताउदै उहाँले अहिले पनि फेरी माओवादीलाई विजयी बनाउने अभियानमा लाग्न आम कार्यकर्तालाई उहाँले आग्रह गर्नुभएको छ । प्रतिगमणको बिरुद्धमा पार्टी भित्र र बाहिर थुर्पै संघर्ष भएको बताउदै उहाँले विजयी हासिल गरेको पनि बताउनुभयो । समय र परिस्थितीले पार्टी भित्र विभिन्न समस्याहरु आएपनि सबै घटनाक्रमलाई चिर्दै गणतन्त्र रक्षाको लागि एक ठाउँमा उभिएको नेता शेर्पालीले बताउनुभएको छ ।