
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पूर्व आपूर्ती मन्त्रि गनेशमान पुनले रुकुम(पूर्व) मा माओवादीलाई कसैले हल्लाउन नसक्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र सिस्ने गाउँ समितिको बैठकलाई संबोधन गर्दै उहाँले जनयुद्धको उद्धगम थलो र माओवादीको आधार इलाका रहेको यस ठाउँमा माओवादीलाई कसैले हल्लाउन नसक्ने उहाँले बताउनुभयो ।
यसको लागि आन्तरिक एकता कायम गर्नुपर्ने नेता पुनले बताउनुभयो । पार्टी भित्र गुटबन्दि हुन थाल्यो भने समस्या हुने उहाँको भनाई छ । “गुटबन्दि कम्यूनिष्टहरुको लागि कयान्सर हो”, नेता पुनले भन्नुभयो, “संकिर्ण सोच, अराजकताले गर्दा पार्टीभित्र गुटबन्दिका कुराहरु निस्कन्छन् ।” गलत प्रवृतीको विरुद्धमा संघर्ष गर्दै अन्तरविरोधलाई साम्य पार्नुपर्ने भनाई उहाँको थियो ।
अहिले कार्यकर्तालाई जनतामा फर्काउन सके पार्टी झाङ्गिने नेता पुनले बताउनुभयो । नेताहरु पनि कार्यकर्तातीर फर्कन आवश्यक रहेको उहाँले बताउनुभयो । पार्टीलाई क्रान्तिकारी बनाउन जनयुद्धले उठाएको एजेण्डाहरुलाइ उठाउनुपर्ने र स्वार्थबाट अली टाढा हुनुपर्ने भनाई उहाँको थियो ।