
रुकुम(पूर्व) स्थित सिस्ने गाउँपालिकाका जनप्रतिनिधी र माओवादी केन्द्रका नेताले मतदाता भेटघाट कार्यक्रम सुरु गरेका छन । माओबादी केन्द्रबाट निर्वाचित पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष सहित पार्टीका अन्य कार्यकर्ताले गाउँपालिकाको ६ नम्बर वडा स्थित द्वारे र खोपिचारबाट मतदाता भेटघाट कार्यक्रम सुरु गरेका हुन ।
मतदता भेटघाट कार्यक्रममा माओवादी केन्द्रबाट निर्वाचित पालिका अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोबर्धन बुढा, ५ नम्बर वडाध्यक्ष शान्ते बहादुर विक, ६ नम्बर वडाध्यक्ष सुधन रेग्मी, माओबादी केन्द्रका सिस्ने गाउँपालिका इन्चार्ज एवम् प्रदेश समिति सदस्य कृष्ण रेग्मी, ५ नम्बर वडाका पार्टी अध्यक्ष प्रकाश कार्कीलगायत माओवादी केन्द्र निकट अन्य नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । उहाँहरु सवैलाई स्थानियले फूल माला र अविरले स्वागत गरेका थिए ।
मतदाता भेटघाटका क्रममा गाउँपालिका अध्यक्ष बराल र वडा अध्यक्ष रेग्मीले चुनावको समयमा खोपिचार र द्वारेका जनतासँग गरेका प्रतिवद्धताहरु स्मरण गराउनु भएको थियो । गाउँपालिका अध्यक्ष बरालले साढे चार वर्षको अवधीमा आफुहरुले शिक्षा, स्वास्थ्य, विद्युत, यातायात, सञ्चार र स्थानियको जिविकोपार्जका क्षेत्रमा खोपिचार र द्वारेमा गरेका, भइरहेका तथा अब गरिने कामको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो ।
यस्तै वडाध्यक्ष रेग्मीले स्थानिय तहको निर्वाचन हुनु भन्दा अघि खोपिचारको समग्र अवस्था र अहिलेको अवस्थाको बारेमा विस्तारमा जानकारी गराउनु भएको थियो । मतदाता भेटघाट कार्यक्रममा बोल्दै इन्चार्ज रेग्मीले करिव ५ वर्षको अवधीमा पूवार्धार निर्माणको काम सम्पन्न भएको बताउनुभयो । रेग्मीले आधारभूत पूवार्धार निर्माणको काम सकिएको र अव उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । गाउँ समाज, पालिका र सिङगो राष्ट्रलाई समृद्ध गराउन उत्पादन अपरिहार्य रहेको रेग्मीको भनाई छ ।
माओवादी केन्द्रका जनप्रतिनिधी र नेता कार्यकताले खोपिचार र द्वारेको थप विकास समृद्धि र जनताको हितका लागि पुनः माओवादी केन्द्रलाई भोट दिन आग्रह गर्नुभएको थियो । अहिलेसम्म माओवादीले गरेका विकास सन्तोषजनक भएकाले थप विकास र निकासका फेरी पनि माओवादीलाई भोट दिन आफुहरु तयार रहेको त्यहाँका स्थानियले बताएका छन । आगामी बैशाखमा हुन लागेको स्थानिय तहको चुनावलाई लक्षित गरि माओबादी केन्द्रले मतदाता भेटघाट कार्यक्रम सुभारम्भ गरेको छ ।