रुकुमपूर्व सिस्ने गाउँपालिका वडा नम्बर ५ रुकुमकोटमा सोमबार देखि चार दिने बाल क्लब तथा किशोरी समूहहरुको लागि भित्ते चित्रकथा कार्यशाला गोष्ठी सुरु भएको छ । रुकुमकोट स्थित बिएलबी होटलको हलमा चार दिने बाल क्लव तथा किशोरी समूहहरुको लागि भित्ते चित्रकथा कार्यशाला गोष्ठी सुरु भएको हो ।

यूनाईटेड मिशन टू नेपाल, रुकुम पूर्व क्लष्टर (युएमएन) र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमको साझेदारीमा सञ्चालित सक्षम परियोजनाले गोष्ठिको आयोजना गरेको हो । उक्त कार्यशाला गोष्ठीमा परियोजनाको कार्यक्षेत्र रहेको पुथाउत्तरगंगा गाउपालिकाका ७ वटा वडाका बाल क्लब, किशोरी समूह तथा कर्मचारी लगायत ३३ जनाको सहभागीता रहेको छ ।

विशेष बाल संरक्षण विषयमा केन्द्रीत परियोजनाले आयोजना गरेका उक्त कार्यशाला गोष्ठीले समाजमा रहेका बालबालिकाका सवाल तथा समस्याहरुमै केन्द्रीत हुने मिक नेपालका परियोजना संयोजक छिमी पुनले बताउनुभयो । भित्ते चित्रकथा एक संचारको माध्यम हो । भित्ते चित्र कथामा हरेक व्यक्तिले आफ्ना मुद्दालाई कथा बनाई त्यसलाई चित्रमा बदल्न सकिने पुनको भनाइ छ ।

यसले बालबालिकाको सिर्जनात्मक क्षमताको विकास गर्नुको साथै समाजमा रहेका विकृतिलाई उजागर गरी जनचेतना जगाउने र कुनै पनि विषयमा पैरवी गर्न सहयोग हुने पुनले बताउनुभयो । भित्ते चित्र कथाको माध्यमबाट एक बालक वा बालिकाले सयौँ बालबालिका र अभिभावक तथा सरोकारवालालाई आफ्नो कुरा पु¥याउन सक्नेछन् । बालबालिकाको व्यक्तित्व विकासलाई मद्दत पु¥याउने यो कार्यशालाबाट हरेकले आफ्नो कथा लेख्ने सीप, समुदायको परम्परागत हानिकारक अभ्यासहरुको पहिचान गर्ने, साथै चित्र र कथालाई आभार बनाई चित्रकथा बनाउने सीपको विकास गर्ने युएमएनका सक्षम परियोजनाका व्यवस्थापक हेमन्त राईले बताउनुभयो ।

बाल अधिकार, बाल विवाह, दुव्र्यवहार, महिला हिंसा, छोराछोरीमा हुने विभेद, अनलाईनमा सुरक्षित कसरी हुने, आफ्नो दायित्व समाज घर परिवारमा के रहन्छ भनि विषय वस्तु समेटेर भित्ते चित्रकथा मार्फत उतारिने राईले जानकारी दिनुभयो । आज देखि सञ्चालन भएको ४ दिने कार्यशालाको अन्तिम दिन सहभागिहरुले फिल्डमा गई आफ्नो चित्रकथा प्रदर्शन गर्नेछन् । र त्यसमा सुधार गर्नका लागि सुझावहरु संकलन गर्ने छन् ।

यस कार्यशालालाई वल्र्ड कमिक्स नेटवर्क नेपालका संयोजक निरिजना भट्ट र सह संयोजक बाबुराम खड्काले सहजिकरण गरिराख्नु भएको छ ।