रुकुम(पूर्व) मा नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । एमाले जिल्ला अधिवेशन रुकुम(पूर्व) मा यहि फागुनको २७ र २८ गते हुँदै छ । अन्य जिल्लामा पुष २३ गते जिल्ला अधिवेशन सम्पन्न भए पनि रुकुम(पूर्व) मा मात्र नेकपा एमालेको जिल्ला अधिवेशन हुन सकेको थिएन् ।
अहिले जिल्ला अधिवशेनको तयारी तिव्र रुपमा चलिरहेको नेकपा एमालेका जिल्ला सचिव लिलामणी गौतमले जानकारी दिनुभयो । जिल्ला अधिवेशनको लागि प्रतिनीधी छनोट गरिसकेको उहाँले बताउनुभयो । अहिले जिल्ला आयोजक कमिटी १ सय ५६ जनाको छ । जिल्ला सचिव गौतमकाअनुसार प्रतीनिधीहरु सिस्ने गाउँपालिकाबाट २७ जना, भूमे गाउँपालिकाबाट ९ जना र पुथाउत्तरगंगा गाउँपालिकाबाट १३ आउने छन् ।
यस्तै सल्लाहकार परिषदबाट १५ जना र २३ वटा जनवर्गिय संगठनबाट पाँचपाँच जना र मनोनीत १८ गरी ३ सय ७७ जना प्रतीनिधी रहने नेकपा एमाले रुकुम(पूर्व) ले बताएको छ । जिल्ला अधिवेशनले ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव गरी पाँच जनाको पदाधिकारी सहित ६५ सदस्यीय जिल्ला कार्यसमिति निर्माण हुने छ ।
२७ गते अधिवेशनको उद्धघाटन सत्र चल्ने र २८ गते बन्दसत्र चल्ने सचिव गौतमले बताउनुभयो । अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा र स्थाइ कमिटी सदस्य मनिचन्द्र थापाको उपस्थिती रहने नेकपा एमाले रुकुम(पूर्व) ले जनाएको छ ।