नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका स्थायी कमिटी सदस्य कल्यान पनु अनेरास्ववियू क्रान्तिकारीमा प्रवेश गर्नुभएको छ । उहाँले समाजवादी निकट अनेरास्ववियू त्यागेर नेकपा माओवादी केन्द्र निकटको अनेरास्ववियू क्रान्तिकारीमा प्रवेश गर्नुभएको हो ।

अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय अध्यक्ष पंचा सिंह र रुकुम (पूर्व) बाट प्रतिनीधीसभा सदस्यमा निर्वाचित कमला रोकाले पुनलाई आज एक कार्यक्रमका बिच पार्टी मा स्वागत गर्नुभएको छ । नेकपा माओवादी र एमालेको एकता हुदा पुन अनेरास्ववियू रुकुम(पूर्व) को जिल्ला सहसंयोजक हुनुहुन्थ्यो ।

पछि एमालेबाट विद्रोह गरी नयाँ बनेको एकीकृत समाजवादीमा उहाँले अनेरास्ववियूको स्थायी कमिटीको जिम्मेवारी पाउनुभएको थियो । आजको अनेरास्ववियू क्रान्तिकारी केन्दिय्र बैठकले पुनलाई आवश्यक जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।