रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र गाउँ समितिद्धारा जनसम्बन्ध सुदृढ अभियान जारी रहेको छ । गाउँपालिकाको विभिन्न वडालाई दुई क्षेत्र पुथा र उत्तरगंगामा विभाजन गरि छुट्टाछुट्टै दुई जनाको कमान्डमा जनसम्बन्ध सुदृढिकरण अभियान चलिरहेको छ ।
पुथा क्षेत्रमा नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य पुनीराज घर्तीको नेतृत्वमा अभियान चलिलरहेको छ । त्यस क्षेत्रमा पुथाउत्तरगंगा गाउँपालिकाको १ देखि ६ नम्बरसम्मका वडा र ९ नम्बर वडा रहेका छन् । उत्तरगंगा क्षेत्रमा ७, ८ नम्बर वडासँगै १० देखि १४ नम्बरसम्मका वडा रहेका छन् । पुथा क्षेत्रमा फागुन २३ गतेबाटै जनसुदृढ अभियान सुरु गरिएको नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँसमितिले जानकारी दिएको छ । २३ गते ६ नम्बर वडाको पेद्यमा, २४ गते ५ नम्बर वडाको हुकामा अभियान कार्यक्रम सञ्चालन गरेको घर्ती नेतृत्वको टोली आज पेल्माको लागि हिडेको छ ।
उत्तरगंगा क्षेत्रमा नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य एवम् गाउँपालिका इन्चार्ज जिताराम कामीको नेतृत्वमा अभियान चलिरहेको छ । यस क्षेत्रमा फागुन २४ गतेबाट अभियान सुरु भएको टिमको नेतृत्वमा गर्नुभएका पार्टी गाउँपालिका इन्चार्ज कामीले बताउनुभयो । २४ गतेका दिन वडा नम्बर ११ को सेरामा र फागुन २५ गते अर्थात आज वडा नम्बर १२ को कोलमा अभियान कार्यक्रम सञ्चालन गरिएको छ । जनसुदृढ अभियानको क्रममा वडास्तरमा भेला, जनवर्गिाय संगठन, टोल, सेल समिति निर्माण तथा यसअघि निर्माण भएको ठाउँमा प्रशिक्षण, परिचालन गर्ने काम भइरहेको इन्चार्ज कामीले बताउनुभयो ।
उहाँकाअनुसार वडामा सल्लाहकार, ज्येष्ठ कम्यूनिष्ट मञ्च निर्माण, पार्टी सदस्यलाई कुनै न कुनै संगठनमा आबद्ध गराउने, माओवादी पार्टीबाट निर्वाचित भएका जनप्रतिनीधीले गरेका कामकाजको जानकारि नागरिकलाई गराउने र उनिहरुका सल्लाह सुझाव तथा गुनासाहरुलाई संकलन गर्ने काम पनि भइरहेको छ । पुथाउत्तरगंगा गाउँपालिकाको दुवै क्षेत्रमा यो अभियान फागुन ३० गतेसम्म चल्ने नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिकाले जानकारी दिएको छ ।