रुकुम(पूर्व) को भूमे गाउँपालिकामा पालिकास्तरीय तेस्रो राष्ट्रपती रनिङ शिल्ड कप सुरु भएको छ । भूमे गाउँपालिका वडा नम्बर ६ महतमा रहेको जनजागृती माविमा आजबाट शिल्ड सुरु भएको हो । शिल्डको लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुरघर्तीले ब्यानर पढेर उद्धघाटन गर्नुभएको हो ।

भुमे गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित रनिङ शिल्ड प्रतियोगिता आगामी चैत्र १ गतेसम्म चल्ने छ । यस अवधिमा विभिन्न विधामा प्रतियोगिताहरु सञ्चालन गरिने गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक टेकबहादुर बुढाथोकीले बताउनुभयो । उहाँकाअनुसार छात्र छात्रा भलिबल, कबड्डी, एथलेटिक्सतर्फ १ सय, २००, ४००, ८००, १५०० र ३००० मिटरको दौड प्रतियोगिता सञ्चालन गरिने छ ।

यस्तै ज्याबलिङ थ्रो ८०० ग्राम छात्र, ६०० ग्राम छात्रा, सटफुटमा १२०० पाउण्ड छात्र र छात्रा तर्फ ८ सय पाउन्डको प्रतियोगिता सञ्चालन गरिने प्राविधिक सहायक बुढाथोकीले बताउनुभयो ।

गाउपालिका अध्यक्ष रामसुर बुढाको अध्यक्षतामा भएको शिल्ड उद्धघाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख पुर्णबहादुर घर्तिको प्रमुख र जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर ओलिको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख भिमकुमारी पुन, सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी कृष्ण खड्का, जिल्ला प्रहरी प्रमुख डिएसपी गणेशबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बलका प्रमुख सुदन आचायर्, अनुसन्धानका डिएसपि सन्जिबकुमार चौधरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरि बहादुर थापा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सीता आचार्यको लगाएतको आतीथ्यता रहेको थियो ।

जनजागृती माध्यामिक विद्यालय महतका प्रधानाध्यापक चन्द्रबहादुर बुढाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भुमे चन्द्र रसाइलीले गर्नुभएको थियो ।