रुकुम(पूर्व) को भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रको जनसम्बन्ध सुदृढ अभियान सम्पन्न भएको छ । भूमे गाउँपालिकामा फागुनको २१ गतेबाट र पुथाउत्तरगंगा गाउँपालिकामा २३ गतेबाट अभियानको थालनी गरिएको थियो । यी दुवै गाउँपालिकामा २९ गते अभियान सम्पन्न भएको छ ।
भूमे गाउँपालिकामा दुई वटा निर्वाचन क्षेत्रलाई विभाजन गरि अभियान सञ्चालन गरिएको थियो । निर्वाचन क्षेत्र क मा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य जयविर घर्तीको नेतृत्वमा अभियान चलाइएको थियो भने निर्वाचन क्षेत्र नम्बर ख मा पार्टी प्रदेश समिति सदस्य लालबहादुर विसीको नेतृत्वमा अभियान चलाइएको थियो । निर्वाचन क्षेत्र क मा १, २, ३, ६ र ७ नम्बर वडा छन् भने ख मा ४, ५, ८ र ९ नम्बर वडा छन् ।
नेकपा माओवादी केन्द्र भूमे गाउँपालिका समितिका अध्यक्ष रुपधन कामीकाअनुसार फागुन २१ र २२ गते वडा नम्बर ६ मा, २३ र २४ गते ७ र ९ मा, २५ र २६ गते १ र ८ मा अभियान सञ्चालन गरिएको थियो । २७ गते २ नम्बर वडा, २८ गते ५ नम्बर र २९ गते ३ नम्बर वडामा अभियान सञ्चालन गरिएको थियो । बाकी रहेको ४ नम्बर वडामा पार्टी लुम्बिनी प्रदेश समितिको बैठकपछि अभियान सञ्चालन गरिने गाउँसमिति अध्यक्ष कामीले बताउनुभयो ।
यस्तै पुथाउत्तरगंगा गाउँपालिकामा पनि जनसम्बन्ध सुदृढ अभियान सम्पन्न भएको छ । यहाँपनि गाउँपालिकाको विभिन्न वडालाई दुई क्षेत्र पुथा र उत्तरगंगामा विभाजन गरि जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गरिएको थियो । पुथा क्षेत्रमा नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य पुनीराज घती र उत्तरगंगा क्षेत्रमा पार्टी प्रदेश समिति सदस्य एवम् गाउँपालिका इन्चार्ज जिताराम कामीको नेतृत्वमा अभियान चलाइएको थियो । पुथा क्षेत्रमा गाउँपालिकाको १ देखि ६ नम्बरसम्मका वडा र ९ नम्बर वडा पर्छन भने उत्तरगंगा क्षेत्रमा ७, ८ नम्बर वडासँगै १० देखि १४ नम्बरसम्मका वडा छन् ।
यस गाउँपालिकामा २३ गते ६ नम्बर वडा, २४ गते ५ र ११ नम्बर वडा, २५ गते वडा नम्बर १२ र १४, २६ गते २ नम्बर वडामा, २७ गते १ र ८ नम्बर वडामा २८ गते ७ नम्बर वडामा र २९ गतृ १३ नम्बर वडामा अभियान सञ्चालन भएको छ । बाकी रहेका ३, ४, ९ र १० नम्बर वडामा प्रदेशसमितिको बैठक पछि कार्यक्रम सञ्चलालन गरिने माओवादी केन्द्र पुथा गाउँसमसितिले जनाएको छ ।
जनसुदृढ अभियानको क्रममा वडास्तरमा भेला, जनवर्गिाय संगठन, टोल, सेल समिति निर्माण तथा यसअघि निर्माण भएको ठाउँमा प्रशिक्षण, परिचालन गर्ने काम गरिएको छ । साथै माओवादी पार्टीबाट निर्वाचित भएका जनप्रतिनीधीले गरेका कामकाजको जानकारि नागरिकलाई गराउने र उनिहरुका सल्लाह सुझाव तथा गुनासाहरुलाई संकलन गर्ने काम गरिएको छ ।