एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) ले आगामी आर्थिक वर्षको योजना तर्जुमाको लागि छलफल गरेको छ । कार्यालयले आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने योजनाहरुलाई एकीकृत रुपमा सञ्चालन गर्ने उदेश्यले स्थानीय तहसँग योजना तर्जुमा गोष्ठिको आयोजना गरेको थियो । गोष्ठिमा कार्यालयले आफुले तयार गरेको आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्नुका साथै सहभागिहरुबाट थप गुर्नपर्ने कार्यक्रमसँगै सल्लाह, सुझाव संकलन गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, प्रधानमन्त्रि कृषि आधुनीकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाईका प्रमखु, तीन वटै गाउँपालिकाका कृषि तथा पशु शाखाका प्रमुख एवम् प्रतिनीधी, राजनितीक दल, जनप्रतिनीधि, अन्य संबद्ध सरकोरवाला निकाय तथा किसानहरुको उपस्थिती रहेको गोष्ठिमा कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले चालु आर्थिक वर्षमा भएका कामकाज र बजेटको प्रगती सुनाउनुका साथै आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्यालयले आगामी आर्थिक वर्षको कार्ययोजनामा जैविक विषदी मल उत्पादन तालिम, मल उत्पादन केन्द्र, प्राङ्गारिक कृषि उत्पादन प्रवद्र्धन कार्यक्रम, प्राङ्गारिक नमुना गाउँ कार्र्यक्रम सञ्चालन गर्ने गरि कार्ययोजना बनाएको छ ।
यस्तै प्राङ्गारिक मल उद्योग स्थापना, प्राङगारिक प्रमाणीकरण तथा बजारीकरण, प्रत्येक पालिकामा सहकारी बजार, स्रोत केन्द्र स्थापना, उत्पादनको आधारमा प्रोत्साहन, किसान सुचिकरण, वर्गिकरण लगाएतका कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना कार्यालयका प्रमुख बस्नेतले गोष्ठिमा प्रस्तुत गर्नुभयो । कार्यालयले तयार पारेको यस कार्ययोजनामाथी गाउँपालिका कृषि शाखा र अन्य सहभागिहरुले दिएको सुझावअनुसार परिमार्जन गरी कार्यायोजनालाई अन्तिम रुप दिने कार्यालय प्रमुख बस्नेतले बताउनुभयो ।
गोष्ठि कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण खड्काले अनुदानको सहि सदुपयोग हुन नसक्दा सरकारले कृषिमा यती धेरै लगानी गर्दा पनि सोचेजस्तो प्रतिफल हासिल गर्न नसकिएको बताउनुभएको छ । टाठाबाठाले मात्र कागजात मिलाउदै अनुदान हात पार्ने प्रवृत्तीले गर्दा वास्तविक किसानहरु मारमा पर्ने गरेको बताउनुभयो । जिल्लाको पहिचानको रुपमा प्राङ्गारिक उत्पादनलाई जोड दिनुपर्ने भनाई प्रजिअ खड्काको थियो । यस्तै अन्य सहभागिहरुले अहिलेसम्म भएका कामकाजको उपलब्धिहरुलाई मध्यनजर गर्दै सोहिअनुसार कार्ययोजना बनाएर काम गर्न कार्यालयलाई सुझाव दिएका थिए ।
यस्तै कार्यालयले चालु आर्थिक वर्षमा करिब १० करोडको हारहारीमा बजेट कार्यान्वयन गरिरहेको छ । अहिलेसम्म कुल बजेटको १० प्रतिशत मात्र बजेट खर्च भएको पनि कार्यालयले जानकारी गराएको छ । आर्थिक वर्षको अन्तिमसम्म ७०÷८० प्रतिशत बजेट खर्चको लक्ष राखेको कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख बस्नेतले बताउनुभयो । अहिले अधिकांस कार्याक्रम सम्झौता भई कार्यान्वयनको चरणमा गएको उहाँको भनाई छ ।
कार्यालय प्रमुख बस्नेतको अध्यक्षतामा भएको स्थानीय तहसँगको योजना तर्जुमा गोष्ठि कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण खड्काको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले गर्नुभएको थियो ।