रुकुम(पूर्व) को भूमे गाउँपालिकामा सञ्चालन भएको पालिकास्तरी तेस्रो राष्ट्रपती रनिङ शिल्डमा वडा नम्बर ६ महतमा रहेको जनजागृती मावि प्रथम भएको छ । जनजागृती मावि महतले सबैभन्दा बढी २१ नम्बर ल्याएर शिल्ड हात पारेको हो । उसले ९ स्वर्ण, ७ रजत र ५ कास्य पदक हात पारेको भूमे गाउँपालिका शिक्षा शाखाका प्रमुख कौशलकुमार तीवारीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार १४ नम्बर प्राप्त गर्दै भूमे ९ को नेपाल राष्ट्रिय मावि चुनबाङले दोस्रो स्थान हासिल गरेको छ । उसले ८ स्वर्ण, ५ रजत र १ कास्य पदक जितेको छ । ४ स्वर्ण, रजत ७ र कास्य ७ हात पार्दै १८ नम्बर लिएर जनशक्ति मावि काँडा तृतीय भएको छ भने ३ स्वर्ण, ४ रजत २ कास्य पदक हात पार्दै ९ नम्बर ल्याएर सिद्धचौर मावि लुकुम सान्तवना स्थान हासिल गर्न सफल भएको छ ।
शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका ८ वटा विद्यालयले भाग लिएका थिए । सहिद शुक्र मावि र मावि कुचिबाङ भने प्रतियोगिता सञ्चालन भइरहेकै बेलामा १ गतेका दिन आयोजकलाई औपचारिक जानकारी नै नगराई शिल्डबाट बाहिरिएको शिक्षा शाखा प्रमुख तीवारीले बताउनुभयो । फागुन २८ गतेबाट चैत्र २ गतेसम्म भूमे गाउँपालिका वडा नम्बर ६ स्थित जनजागृती मावि महतमा पालिकास्तरीय तेस्रो राष्ट्रपती रनिङ शिल्ड सञ्चालन गरिएको थियो ।