
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिको बैठकबाट १२ वटै जिल्लामा केहीमा इञ्चार्ज र संयोजक हेरफेर गरेको छ । साथै सहइन्चार्ज तोक्ने, बैकल्पिक केन्द्रिय सदस्य सिफारिस गर्नेदेखि लिएर प्रदेश कार्यालय गठन र प्रदेश समितिमा सदस्य मनोनित गरेको छ ।
यसै क्रममा रुकुम(पूर्व) मा पार्टीको जिल्ला इन्चार्जमा तेजबहादुर ओलीलाई नै दोहोर्याएको छ । जिल्लामा सह–इन्चार्जको जिम्मेवारी जुनकुमारी रोकालाई तोकिएको छ । यस्तै जिल्ला समन्वय समितिको संयोजकमा होमप्रकाश श्रेष्ठलाई तोकिएको छ । यस अघिका जिल्ला समन्वय समिति संयोजक मेघबहादुर श्रेष्ठलाई बैकल्पिक केन्द्रिय सदस्यमा सिफारीस गरिएको छ । पालिका इन्चार्जहरु भने पुरानैलाई कायम गरिएको छ ।
यस्तै भूमे गाउँपालिका सरकारका अध्यक्षसमेत रहनुभएका रामसुर बुढामगर कार्यालय सदस्यमा पर्नुभएको छ । यस्तै पार्टी प्रदेश समितिमा जिल्लाबाट ४ जना मनोनितमा पर्नुभएको छ । गजेन्द्रबहादुर ओली, महेन्द्र बुढा, लालबहादुर विसी र ओमकुमारी मल्ल प्रदेश समितिमा मनोनीत हुनुभएको हो ।
यस्तै प्रदेश सल्लाहकार समितिमा कमिनी बुढा, जयबहादुर मल्ल, राम कामी, देवबहादुर बुढा, धनीमान बुढा, टेकबहादुर बुढा, शान्तबहादुर बुढा, ज्योतीमान घर्ती, नन्दप्रसाद बुढा र जगत घर्ती रुकुम(पूर्व) बाट रहनुभएको छ । यसैगरी रुकुम(पूर्व) बाट ९ जना ज्येष्ठ कम्यूनिष्ट मञ्चमा पर्नुभएको छ । दयालसिहं पुन, घनबहादुर पुन, हरिकृष्ण गौतम, थलबिर सार्की, तिर्था मल्ल, धनबहादुर कामी, महिमान रोका, सिंहबहादुर बुढा र सुरक्षा घर्र्तीमगर ज्येष्ठ कम्यूनिष्ट मञ्चमा पर्नुभएको हो
यस्तै बैठकले वैशाख ३० गतेदेखि हुने स्थानीय तह निर्वाचनको तयारीका लागि विशेष प्रशिक्षण अभियान सञ्चालन गर्न सबै जिल्लामा एक÷एक जना वरिष्ठ केन्द्रीय सदस्य तोकेको छ । साथै पार्टीले ‘जसको नीति उसको नेतृत्वः स्थानीय चुनावमा माओवादी वर्चश्व’ भन्ने नारा पनि अघि सारेको छ । जसअनुसार रुकुम(पूर्व) मा कमला रोकालाई प्रशिक्षकको रुपमा खटाएको छ ।
यस्तै दाङमा रेखा शर्मा, बर्दियामा ओनसरी घर्ती, बाँकेमा पूर्णा सुवेदी, रोल्पामा दिपेन्द्र पुन, प्युठानमा जोगबहादुर महरा, अर्घाखाँचीमा डिलाराम आचार्य, कपिलवस्तुमा जयपुरी घर्ती, नवलपरासीमा बामदेव क्षेत्री, पाल्पामा जगप्रसाद शर्मा र गुल्मीमा गणेशमान पुनलाई प्रशिक्षकको रुपमा खटाएको छ ।
चैत्र १ र २ गते नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिको बैठक कपिलवस्तुको जितपुर बसेको थियो ।