रुकुम(पूर्व) मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ को गर्खानीमा राङ्सीबाट रुकुमकोटतर्फ आउदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर आज दुर्घटना हुदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिनुभयो । उहाँकाअनुसार मृतकको परिचय खुलेको छैन् । उनको उपचारको लागि रुकुमकोट अस्पतालमा पुर्याउदा अस्पतालले मृतक घोषणा गरेको थियो ।

दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भिर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विसीले बताउनुभयो । सामान्य घाइते हुनेमा पुथाउत्ररगंगा गाउँपालिकाका ३२ वर्षका विरप्रताप बुढा रहनुभएको छ । अर्का घाइतेको पनि पहिचन खुल्न सकेको छैन् । दुवै जनाको रुकुम(पूर्व) अस्पततालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

ट्याक्टर सडकबाट साढे तीन सय मिटर तल खसेको थियो । चालक भने फरार रहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विसीको भनाई छ ।