
रुकुम(पूर्व) को सिस्ने गाउपालिकामा पालिकास्तरीय तेस्रो राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ । बिहिबार गाउपालिकाको वडा नम्बर ५ स्थित रुक्मिणी माविको खेल मैदानमा शिल्ड उद्घाटन गरिएको हो । शिल्डकोे प्रतिनिधि सभा सदस्य एवम् पूर्व खेलकुद मन्त्रि कमला रोकाले ब्यानर पढेर उद्धघाटन गर्नुभएको थियो ।
सिस्ने गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित रनिङ शिल्ड प्रतियोगिता आज उद्धघाटन भई आगामी १२ गतेसम्म रुक्मिणी माविको रंगशालामा सञ्चालन हुने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिंह बुढाले बताउनुभयो । उहाँकाअनुसार शिल्ड अवधिभर छात्र छात्रा भलिबल, एथलेटिक्स तर्फ १ सय २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, ज्याबलिङ थ्रो छात्र छात्रा, छात्र र छात्रा सट्फुट प्रतियोगिता सञ्चालन गरिने छ ।
गाउपालिका अध्यक्ष कुमारी बराल गौतमको अध्यक्षतामा भएको शिल्ड उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य कमला रोकाको प्रमुख र लुम्बिनी प्रदेशसभा सदस्य तेजबहादुर ओलीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोबद्र्धन बुढा, भूमे गाउँपालिकाका उपाध्यक्ष मनकुमारी बुढा बिष्ट, पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्ल, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का, अनुसन्धानका डिएसपी सन्जिबकुमार चौधरी, जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक मानबहादुर बिसी, शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख तिलक गौतम, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हरिबहादुर थापा लगायतको आतिथ्यता रहेको थियो ।
रुक्मिणि माबिका प्रधानाध्यापक चन्द्रबहादुर मल्लको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रुक्मिणी माविका शिक्षक घनश्याम दाहालले गर्नुभएको थियो ।