
रुकुम(पूर्व) मा नेकपा माओवादी केन्द्र सिस्ने गाउँ समितिको बैठक बसेको छ । रुकुमकोटमा बसेको गाउँ समिति संगठनको चाथौ पूर्ण बैठकले निर्वाचन लक्षित विभिन्न निर्णयहरु गरेको छ । बैठकले पार्टी केन्द्रको दुई महिने अभियानलाई अक्षरासं सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै गाउँपालिकाको ८ वटै वडा समितिको बैठक यहि चैत्र १२ देखि १८ गतेसम्म बसिसक्ने निर्णय गरिएको नेकपा माओवादी केन्द्रको प्रदेश समिति सदस्य एवम् सिस्ने गाउँ समिति इन्चार्ज कृष्ण रेग्मिले जानकारी दिनुभयो ।
उहाँकाअनुसार बैठकले २१ गते जनवर्गिय संगठनको संयुक्त बैठक बस्ने, २४ गते बुथ केन्द्रित वाइसीयलको भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने र वैशाख ३० मा हुने स्थानीय निर्वाचानको लागि उम्मेदवार छनोट तथा सिफारीस गर्न सदस्य तथा अध्यक्षको लागि टोलटोलमा गएर सुझाव संकलन गर्ने र चैत्र मसान्तसम्म सहमती तथा रोष्टरअनुसारको नाम जिल्ला समन्वय समितिमा पाठाइसक्ने निर्णय भएको इन्चार्ज रेग्मिले जानकारी दिनुभयो ।
शुक्रबार सिस्ने ५ मा रहेको सिस्ने शिक्षा क्याम्पस परिसरमा बिहान ११ बजेबाट वृहत वैचारिक राजनितीक प्रशिक्षण सञ्चालन हुने भएको छ । प्रशिक्षण कार्यक्रममा आम पार्टी कार्याकर्ता तथा सदस्यहरुलाई उपस्थितीको लागि नेकपा माओवादी केन्द्र सिस्ने गाउँसमितिले आग्रह गरेको छ ।
नेकपा माओृवादी केन्द्र सिस्ने गाउँ संगठन समितिका अध्यक्ष मन्सराम खड्काको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओलीको प्रमुख आतीथ्यता रहेको थियो । यसैगरी पार्टी केन्द्रिय सदस्य एवमे जिल्ला सहइन्चार्ज जुनकुमारी रोका, वैकल्पिक केन्द्रिय सदस्य मेघबहादुर श्रेष्ठ, पार्टी जिल्ला समन्वय समिति संयोजक होमप्रकाश श्रेष्ठ, सचिव पुनीराज घर्तीप्रदेश सदस्य एवम् सिस्ने गाउँसमिति इन्चार्ज कृष्ण रेग्मिलगाएतको आतीथ्यता रहेको थियो ।
बैठकको सञ्चालन गाउँ संगठन समितिका सचिव कर्णबहादुर खत्रीले गर्नुभएको थियो ।