
रविन विश्वकर्मा/रुकुम(पूर्व)
नेपाल बैंक लिमिटेड रुमुमकोट शाखाले डिजिटल बैंकिङ बित्तिय साक्षरता अभियान सञ्चान गर्ने भएको छ । बैंकले डिजिटल बैंकिङ बित्तिय साक्षरता कार्यक्रम संञ्चान गर्दै आफ्नो सेवालाई थप प्रविधीमैत्री बनाउने भएको हो । यसको तयारी स्वरुप बैंकले डिजिटल बैंकिङ बित्तिय साक्षरता कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सिस्ने गाउँपालिका ६ छिप्रिदहस्थित महिला भवनमा एक कार्यक्रमको आयोजना गरि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल राष्ट्र बैंककले नेपाल बैंक लिमिटेडलाई दिएको निर्देशनअनुसार “पैसाको बारेमा बुद्धिमान हुनुहोस र आफ्नो भविष्य बनाउनुहोस” भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेशका १५ वटा शाखामा डिजिटल बैंकिङ बित्तिय साक्षरता कार्यक्रम संञ्चान गरिदै छ । सोहिअनुसार रुकुमकोट शाखाले पनि यो राष्ट्रव्यापी नारालाई आत्मसाथ गर्दै कार्यक्रम अगाडि बढाउने तयारी गरेको हो ।
बित्तिय साक्षरता कार्यक्रममार्फत हरेक व्यक्तिको आर्थिक समृद्धिमा वृद्धि गर्ने उदेश्यका साथ यो कार्यक्रम सञ्चान गर्न लागेको शाखा प्रबन्धक लोकेन्द्र सिंह राठोरले बताउनुभयो । कार्यक्रमले बित्तिय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई बित्तिय समतामा अभिवृद्धि गर्ने बताउनुभयो । साथै यस कार्यक्रमले विवेकशील बित्तिय निर्णय लिन टेवा पुग्ने बताउनुभयो ।
शाखा प्रबन्धक राठोरले नागरिकलाई ब्यवसाय, आर्थिक तथा जिविकोपार्जन जोडन सहुलियत पुर्ण कर्जा, कृषि कर्जा,ब् यवसाय कर्जा लगाएतका सेवा प्रदान गर्दै आएको बताउनुभयो । पैसा वा ब्यक्तिगत आय आर्जनको पहिचान गर्नुको साथै सो सम्बन्धमा सचेत रहि सुरक्षित आर्थिक भविष्यप्रति सबैलाई अभिप्रेरित गर्न तत्पर लागि पर्ने बताउनुभयो ।
बित्तिय चेतना, बित्तिय सुरक्षा, बित्तिय समावेशीकरण र बित्तिय सशक्तीकरणको लागि विभिन्न कार्यक्रम संञ्चालन गर्ने उहाँले बताउनुभयो । क्षेत्र, लिंग, वर्ण, जात आदिका आधारमा कुनै भेदभाव नगरी समान रुपमा बित्तिय संस्थाहरुबाट प्रदान गरिने औपचारिक वित्तीय सेवाहरु तल्लो निकायसम्म पुर्याउने बताउनुभयो । यस्तै राठोरले आधारभुत बित्तिय साक्षरताले पारिवारिक बजेट, बचत, कर्जा, बित्तिय सेवा प्रदायक संस्था, विप्रेषण, लघु उद्यम तथा ब्यवसाय योजना, जोखिम ब्यवस्थापन लगाएतका बिषयमा योजना बनाउने तथा ब्यवस्थापन गर्न सक्ने शिक्षा दिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले नागरिकलाई बैंकको पहुँचमा ल्याउन बित्तिय साक्षरताको बारेमा सचेतना जगाउनु पर्ने बताउनुभयो । नागरिक यसको बारेमा अझै पनि अनविज्ञ भएकाले समुदाय स्तरमा सचेतिकरण अभियान संञ्चालन गर्न आवश्यक रहेको अध्यक्ष बरालले बताउनुभयो । तल्लो स्तरका नागरिकसम्म यसको बारेमा बुझाउन सके मात्रै प्रभावकारी हुने भनाई उहाँको थियो ।
अध्यक्ष बरालले गाउँपालिकाले बित्तिय साक्षरता कार्यक्रमलाई जोड दिएको बताउनुभयो । विशेष गरि महिलालाई प्राथमिकता दिदै उनीहरुको जीवनस्तर माथि उकास्न कृषि, पशुपालन, लगाएतका क्षेत्रमा विभिन्न अनुदान दिदै आएको उहाँको भनाइ छ । बरालले गाउँपालिका भित्र रहेका सरकारीको उत्थानको लागि पनि बित्तिय सारक्षता कार्यक्रम मार्फत सहयोग गर्दै आएको बताउनुभयो । साथै बाल बिवाह, भ्रुन हत्या, लैंगिक विभेद कम गर्न छोरी बिमा बचत कार्यक्रम लागू गरेको बताउनुभयो । पछिल्लो समय जिल्लामा उत्पादन नहुदा खाद्यान्न, फलफूल, तरकारी लगाएतका उपजहरु बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था भएकाले बैकिङ कारोबारमा जोडिदै स्थानीय उत्पादनलाई बढवा दिन जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष शुसिला दाहाल र रुकुमकोट महिला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दिल कुमारी मल्लले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । उहाँहरुले पिछडिएका, गरीब विपन्न महिलाहरुको उत्थानको लागि बैंकले बिशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । बैंकिङ तथा बित्तिय संस्थाबाट सहुलियतपूर्ण ऋण प्राप्त गरि महिला आत्मनिर्भर बन्नु पर्ने बेला आएको बताउनुभयो । स्थानीय स्तरमा भएका स्रोत साधनको सहि तरिकाले प्रयोग गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने धारणा उहाँहरुले राख्नुभयो ।
कार्यक्रममा बैंकका कर्मचारी गुरुसरण पासवानले डिजिटल बैंकिङ कारोबार, बिनिता गुप्ताले बचत, बिनिता लामाले कर्जा र अविनास गौतमले पारिवारिक बजेटको परिचय, यसको आवश्यकता, महत्व, यसको प्रकृया लगाएतको बिषयमा जानकारी गराउनुभएको थियो । छलफलमा नागरिकले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ शाखा प्रबन्धक राठोर र सम्बन्धि कर्मचारिले दिनुभएको थियो ।
नेपाल बैंक लिमिटेड रुमुमकोटका शाखा प्रबन्ध लोकेन्द्रसिंह राठोरको अध्यक्षतामा भएका कार्यक्रममा सिंस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल गौतमको प्रमुख तथा जिल्ला सहकारी संघका उपाध्यक्ष शुसिला दाहाल र रुकुमकोट महिला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दिल कुमारी मल्लको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा भर्खरै नेपाल बैंक लिमिटेड रुमुमकोट शाखामा शाखा प्रबन्धकको रुपमा सरुवा भैइ आउनु भएका राजिवकुमार कार्कीको आतिथ्यता रहेको थियो । बैंकका कर्मचारी सागर रसाइलीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संञ्चालन पत्रकार रविन विश्वकर्माले गर्नुभएको थियो ।