सुर्य प्रकाश बुढामगर/रोल्पा
रोल्पाको रोल्पा नगरपालिकाले निर्माण गरेको भ्यू टावरको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रि पुष्प कमल दाहाल प्रचण्डले उद्धघाटन गर्नुभएको छ । करिब ६ करोडको लागतमा नगरपालिकाले बनाएको युद्ध स्मृति भ्यु टावरको अध्यक्ष प्रचण्डले रिबन काँटेर उद्घाटन गर्नु भएको हो ।
युद्ध पर्यटनलाई टेवा पु¥याउने उद्देश्यले भ्यू टावर निर्माण गरेको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले बताउनुभयो । रोल्पा नगरपालिका ३ सातदोबाटो स्थित भ्यू टावरमा माओवादी १० बर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका १ हजार बढी सहिदको नाम राखिएको छ भने कतिपयको शालिक पनि राखिएको छ । उक्त भ्यू टावरको उद्धघाटन गर्दै अध्यक्ष प्रचण्डले यो संरचना रोल्पा नगरपालिकाको गौरवको आयोजना भएको बताउनुभयो ।
जनयुद्धको उद्धगम थालो रोल्पाको नाम देशभर मात्र नभई विश्वभरी चलेको दावि उहाँले गर्नुभयो । रोल्पालाई प्युठानको स्वर्गद्वारीसँग जोड्न सकेमा पर्यटनको विकास थप वृद्धि हुने उहाँको भनाई छ । रोल्पाले देखाएको परिवर्तनको बाटो अझै पूरा नभएको बताउदै अध्यक्ष प्रचण्डले रोल्पाले देशको नेतृत्वदायी भुमिका खेलिरहेको बताउनुभयो । अझै रोल्पाले विकासमा पूर्णता नपाएको बताउदै उहाँले सबै राजनीतिक दलहरू मिलेर यहाको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
बैशाख ३० मा हुने स्थानीय तहको चुनावमा सबै वडामा देश परिवर्तनका लागि योगदान पु¥याउने सहिदलाई सम्झिएर अगाडि बढ्नुपर्ने धारणा अध्यक्ष प्रचण्डले राख्नुभएको थियो ।