हिकमत प्रोतेल /रुकुम(पूर्व)


रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकामा योङ् कम्यूनिष्ट लिग(वाइसियल) को नयाँ समिति निर्माण गरिएको छ । पुथाउत्तरगंगा गाउँपालिकामा गोविन्द रोकाको अध्यक्षतामा ७६ सदस्यीय वाइसियलको पालिका समिति निर्माण गरिएको हो ।

जसको उपाध्यक्षमा झलकमान रोका, हर्कसाइ घर्ती, कुमेर बुढा, सचिवमा सुक्रराज विक चयन हुनुभएको छ । सहसचिवमा अनुश शाही, अनिल मल्ल, अशोक सोनी, हरपल पुन, सुरेन्द्र रासाइली, प्रचण्ड तुलाचन, र समिर बुढा रहनुभएको छ भने कोषाध्यक्षमा दक्षिणा मल्ल रहनुभएको छ ।

पुथाउत्तरगंगा गाउँपालिकामै अखिल नेपाल महिला संघ क्रान्तिकारी(अनेमसंघ) को पालिकास्तरीय समिति पनि निर्माण गरिएको छ । तत्काललाई पूर्णा मल्ल संयोजक र अर्चना बोहोरा सहसंयोक रहनेगरी ८६ सदस्यीय अनेम संघ क्रान्तिकारीको पालिकास्तरीय समिति निर्माण गरिएको हो । अन्य पदाधिकारी भने पछि मनोनीत गर्ने बताइएको छ । नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिका संगठन समितिको १५ र १६ गते तकसेरामा चलेको बैठक तथा राजनैतिक÷वैचारिक प्रशिक्षण कार्यक्रले यी दुई वटा समिति निर्माण गरेको हो ।।