राष्ट्रिय भूमि आयोग जिल्ला समिति रुकुम(पूर्व) को अध्यक्षमा दिपेन्द्र छन्त्याल नियुक्त हुनुभएको छ । सरकारले बिहिबार भूमि आयोगको जिल्ला अध्यक्षमा पुथाउत्तरगंगा गाउँपालिका १३ का छन्त्याललाई नियुक्त गरेको हो । छन्त्याल नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम(पूर्व) को सदस्य पनि हुनुहुन्छ ।

भूमि आयोग जिल्ला समितिले दलित सुकुम्वासीहरुलाई जग्गा उपलव्ध गराउने, लालपुर्जा वितरण गर्ने, अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने लगायतका कामहरु गर्ने छ । यसअघि केपि ओली नेतृत्वको सरकारले भूमि आयोगमा गरेका सबै नियुक्तिहरु देउवा नेतृत्वको सरकारले खारेज गरेको थियो ।

रुकुम(पूर्व) मा यो भन्दा पहिला खारेज भएको आयोगको जिल्ला अध्यक्षमा नेकपा एमालेका सतमान पुन हुनुहुन्थ्यो । उहाँ अहिले स्वर्गिय भइसक्नुभएको छ ।