
रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्मामा विभिन्न पार्टी परित्याग गरि १२ जना नेकपा माओवादी केन्द्रका प्रवेश गरेका छन् । नेकपा एमाले परित्याग गरि ९ जना र नेपाली कांग्रेस परित्याग गरि ३ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
एमाले परित्याग गरि वडा कमिटीका सदस्यहरु कर्मफल बुढा, जसे बुढा, भूमीछल बुढा, राखिबिर कामी, तिर्थ कामी, शिखर विक, गोल्छे कामी र आरबि बुढालगाएत माओवादीमा प्रवेश गर्नुभएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिनुभयो । उहाँकाअनुसार नेपाली कांग्रेस परित्याग गरि खालजित कामी र रथबिर कामीलगाएत माओवादीमा प्रवेश गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तथा प्रदेश सासंदसमेत रहनुभएका ओलीको नेतृत्वमा भइरहेको जनभेटघाट कार्यक्रमको क्रममा रन्मामा आयोजना गरिएको कार्यक्रममा उहाँहरुलाई पार्टी प्रवेश गराइएको छ । इन्चार्ज ओली र पार्टी लुम्बिनी प्रदेश समिति सदस्य एवम् पुथाउत्तरगंगा गाउँपालिकाका इन्चार्ज जिताराम कामीले फूलमाला, अविर सहित खादा ओढाएर पार्टी प्रवेश गराउनुभएको हो ।