होटल व्यवसायी संघ रुकुम(पूर्व) को अध्यक्षमा बिनोद केसी चयन हुनुभएको छ । बिएलबी होटलका सञ्चालकसमेत रहनुभएका केसीलाई शुक्रबार रुकुमकोटमा बसेको जिल्ला स्थित होटल व्यवसायको बैठकले अध्यक्षमा चयन गरेको हो ।

जिल्लामा केसीको अध्यक्षतामा १७ सदस्यीय होटल व्यवसायी संघ गठन गरिएको हो । जसको उपाध्यक्षमा मधुकर शाह, महासचिवमा सुनिल रोका, सचिवमा लोकेन्द्र शाही, कोषाध्यक्षमा जयबहादुर बुढालाई चयन गरिएको छ । यसैगरी बैठकले यही चैत्र २२ गते भालुबाङमा हुन लागेको लुम्बिनी प्रदेश सम्मेलनमा पर्यटन विकासका निम्ति राहत माग पेश गर्ने निर्यण गरेको छ ।

विभिन्न खाद्य वस्तुको मूल्य महंगी भएपछि खानाका परिकारमा केही मूल्यबृद्धि गर्ने निर्यण गरिएको बताइएको छ ।