रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ४ एमालेमुक्त वडा बनेको छ । पुथा ४ मा सिंगो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश गरेपछि वडा नै एमाले बिहिन बनेको हो । ४ नम्बर वडामा यसअघि पनि विवादको कारण एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो ।

अहिले त्यहि सिंगो वडा कमिटी नै माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् रुकुम(पूर्व) का इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिनुभयो । उहाकाअनुसार पार्टी प्रवेश गर्नेहरुमा एमालेको वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन, सदस्यहरु टेकप्रसाद पुन, उपेन्द्र बुढा, पूर्ण बुढा, बिनोद बुढा, पदमोदया बुढा, नरम बुढा, मनदेउ बुढा, सन्तोष पुन, सुर्यमान पुन, भरण विक, धनलब बुढा रहनुभएको छ ।

उहाँहरु सबैलाई जिल्ला इन्चार्ज ओली र पार्टी गाउँ संगठन समितिका इन्चार्ज जिताराम कामीले पूmलमाल, अविर तथा खादा ओढाएर पार्टी प्रवेश गराउनुभएको छ । त्यहाँ सिंगो वडा कमिटीसँगै एमाले समर्थीत सबै नागरिक पनि माओवदीमा आएका छन् । नेकपा माओवादी केन्द्रले जिल्लामा सञ्चालन गरिरहेको चुनाव लक्षित जभेटघाटको क्रममा आयोजना गरिएको कार्यक्रममा नेकपा एमालेको वडा कमिटीसँगै एमाले समर्थीत सबै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।