रुकुम(पूर्व) को भूमे गाउँपालिकामा दोस्रो भूमे फीडेरेटिङ चेस च्याम्पीयनसिप २०७९ हुने भएको छ । भूमे गाउँपालिकामा रहेको युवा विकास केन्द्रको आयोजना तथा जिल्ला बुद्धिचाल सघं रुकुम(पूर्व) को सहआयोजनामा च्याम्पियनसिप हुन लागेको हो ।

च्याम्पियनसिप आउदो वैशाख ११ गतेदेखि १३ गतेसम्म गाउँपालिकाको केन्द्र खाबाङ बगरमा सञ्चालन हुने जिल्ला बुद्धिचाल संघ रुकुम(पूर्व) का अध्यक्ष बबिदेवल पुनले जानकारी दिनुभएको छ । स्थानीय स्तरको प्रतिभालाई प्रोत्साहन गर्न तथा खेलाडिहरुको क्षमता वृद्धि गर्ने उदेश्यले च्याम्पियनसिप गर्न लागेको उहाँको भनाई छ । प्रतियोगिताको बिजेताले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भने उपविजेता हुने खेलाडिले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद १० हजार प्राप्त गर्दा तृतीय हुने खोलाडीले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जिल्ला बुद्धिचाल संघ रुकुम(पूर्व) का अध्यक्ष पुनले बताउनुभयो ।

पहिलो भुमे खुल्ला बुद्धिचाल प्रतियोगिता भुमे गाउँपालिका वडा नम्बर ९ को चुन्वाङ्ग गैरी गाउँमा सम्पन्न भएको थियो ।