
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कमला रोकाले रुकुम(पूर्व) मा माओवादीलाई जित्नैपर्ने दबाद रहेको बताउनुभएको छ । गएको स्थानीय तहको चुनावमा पालिकामा क्लिन स्विप गरेको पार्टीले आउदो स्थानीय तहको चुनावमा पनि सबै वडा र पालिकामा क्लिन स्विप गरेर जानुपर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम(पूर्व) ले तकसेरामा अयोजना गरेको जवस मोर्चा तथा पेशागत संगठनको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै नेता रोकाले यस्तो बताउनुभएको हो ।
पहिलो स्थानीय सरकारले हालेको जगमा इट्टा थप्नको लागि पनी माओवादी पार्टीलाई जित्नैपर्ने दबाद रहेको उहाँको भनाई छ । रुकुम जनयुद्धको आधार इलाका भएको र माओवादीकै एजेण्डामा देश चलिरहेको बताउदै नेता रोकाले आफ्नै तागतमा चुनाव जित्ने बताउनुभयो । त्यसको लागि सबै शक्तिहरु चुनाव केन्द्रित हुनुपर्ने र त्यसको लागि आन्तरिक रुपमा एकताबद्ध भएर कार्ययोजना बनाई लाग्नुपर्ने भनाई उहाँको छ ।
पछिल्लो समयमा जिल्लामा नेकपा एमाले र माओवादी पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर बढेको पनि नेता रोकाले बताउनुभयो । पार्टीको निर्देशनअनुसार सबैले काम गर्यौ भने चुनावमा जित सुनिश्चित भएको भनाई उहाँको छ ।