रुकुम(पूर्व) मा पाँच दलिय गठबन्धनको बैठक बसेको छ । मंगलबार रुकुमकोटमा पाँच दलिय गठबन्धनको बैठक बसेको हो । बैठकले स्थानीय निर्वाचन पाँच दलिय गठबन्धन केन्द्रिय निर्णयअनुसार जिल्ला संयन्त्रको बैठक बसी केन्द्रिय निर्णयप्रती प्रतिबद्ध रहदै आगामी बैठकबाट मूर्त योजना निर्माण गर्ने निर्णय बैठकले गरेको नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य एवम् सिस्ने गाउँपालिका इन्चार्ज कृष्ण रेग्मिले जानकारी दिनुभयो ।

उहाँकाअनुसार दलिय गठबन्धन बैठकले दलिय गठबन्धनको संयन्त्रलाई गाउँपालिकास्तरसम्म विस्तार गर्दै सक्रिय पार्ने निर्णय गरेको छ । यसैगरी जिल्लामा अवस्थित दल प्रमुख सम्मिलीत सानो गृहकार्य कार्यदल निर्माण गर्ने निर्णय पनि गठबन्धनको बैठकले गरेको इन्चार्ज रेग्मिले बताउनुभएको छ ।

नेपाली कांग्रेसका महासमिति सदस्य लक्षिराम घर्तीको अध्यक्षतामा बसेको बैठकमा महाधिवेशन प्रतीनिधी प्रकाश केसी, नेकपा माओवादी केन्द्रका बैकल्पिक सदस्य मेघबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति संयोजक होमप्रकाश श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष भिउमान घर्ती, सचिव भूवनेश्वर उपाध्याय, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य ओपेन्द्रलाल कामीको उपस्थिती रहेको थियो ।

यसैगरी माओवादी केन्द्र जिल्ला समन्वय समिति सचिव पुनीराज घर्ती, पार्टी प्रदेश समिति सदस्य एवम् सिस्ने गाउँ संगठन समिति इन्चार्ज कृष्ण रेग्मि, राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य चन्द्र विक्रम शाही, नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य एवम् पुथाउत्तरगंगा गाउँपालिका इन्चार्ज जिताराम कामीलगाएतको उपस्थिती रहेको थियो । बैठकको सहजिकरण नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य मेघबहादुर श्रेष्ठले गर्नुभएको थियो ।