नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम(पूर्व) ले बिहिबार मतदान केन्द्रमा सभा गरेको छ । जिल्लाको सबै मतदान केन्द्रमा योङ् कम्यूनिष्ट लिग(वाइसीयल) को आयेजनामा सभा गरिएको हो । जिल्लामा ४९ वटा मतदान केन्द्र छन् । यी सबै मतदान केन्द्रमा वाइसियलको आयोजनामा सभा गरिएको नेकपा माओवादी केन्द्र रुकुम(पूर्व) ले जानकारी दिएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदान केन्द्रमा सभाको आयोजना गरिएको वाइसीएल रुकुम(पुर्व) का संयोजक तिलक रेउले भाष्करले जानकारी दिनुभयो । कार्यक्रममा सम्बन्धित गाउँपालिका, वडा तथा टोलमा रहेका पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिकाका पदाधिकारी तथा सदस्य र वडाका पदाधिकारी, सदस्य सहभागि भएका छन् ।
पछिल्लो समय माओवादी केन्द्र रुकुम(पूर्व) ले चुनाव केन्द्रीत गतिविधी बढाउँदै लगेको छ । चैत्र २१ गते मात्रै तकसेरामा भातृ संगठनका पदाधिकारी सहितको प्रशिक्षण कार्यक्रम गरेको थियो । निर्वाचनका शिलशिलामा माओवादी नेतृ कमला रोका, केन्द्रीय सदस्य तेजबहादुर ओली, सुवोधराज शेर्पाली, बैकल्पिक केन्द्रीय सदस्य मेघबहादुर श्रेष्ठ, प्रदेश स्तरका लगायतका नेताहरु जिल्लामै सक्रिय हुनुहुन्छ ।
बिहिबार देशैभरि चलेको वाइसीएलको शक्ति प्रदर्शन कार्यक्रमकै अवसरमा रुकुम(पूर्व) सिस्ने ५ मा राप्रपाका क्रियाशील युवा सदस्य निलम शाह नेकपा माओवादि केन्द्रमा प्रवेश गर्नुभएको छ । उहाँलाई पार्टी वडा समिति अध्यक्ष प्रकाश कार्कि, गाउँसमिति इन्चार्ज कृष्ण रेग्मी, लुम्बिनी प्रदेश सल्लाहकार सदस्य जयबहादुर मल्ल, सिस्ने गाउँसमिति उपाध्यक्ष भद्रि थापा र सान्तेबहादुर बिकले पार्टी प्रवेश गराउनुभएको हो ।
यस्तै वडामा अमिर शाहिको अध्यक्षतामा ४५ सदस्यीय वाइसीएल वडा समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा विकास दमाई, निलम शाह र भुपेन्द्र परियार, सचिवमा लोकप्रसाद बुढाथोकी, कोषाध्यक्षमा सविना शाह र सहसचिवमा कुमारि नेपालीलाई हलले सर्वसम्मत चयन गरेको छ । यस्तै सिस्ने ६ मा पनि वासिएलको बुथ केन्द्रित कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको सर्कुलर अनुसार वडामा शक्ति प्रदशन तथा बुथ केन्द्रित कार्यक्रम सम्पन्न गरिएको हो ।
यस्तै सिस्ने वडा नम्बर ४ मा पनि वाइसियलको बुथ केन्द्रित कार्यक्रम सकिएको छ । ३ नम्बर वडामा पनि मतदान केन्द्र स्तरीय सभा कार्यक्रम सम्पन्न भएको छ । आगामि बैशाख ३० गतेको चुनाबमा गोलाकार भित्रको हसीया हतौडमा मतदान गरि माओबादी केन्द्रलाई बिजयी गराऔं भन्ने मुल नाराका साथ सभाको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै वाइसियल नेपालका केन्द्रीय सहसंयोजक सुबोधराज शेर्पालीले गत चुनाबमा ३ नम्बर वडाले हार्दा यहाका कार्यकर्ता र जनताहरु स्थानीय सरकारबाट पाउने सेवा सुबिधाबाट बन्चित हुनु परेको बताउनुभयो ।
माओबादी आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गराउनको निम्ति र दिगो बिकास, जातिय, क्षेत्रीय, लैङ्गकि अधिकारको सुनिश्चितताको निम्ति जिल्लाका ३१ वटै वडामा माओबादी केन्द्रलाई बिजयी बनाउन पार्टी र सबै संगठन लाग्नुपर्ने उहाँले बतानुभयो । जिल्लाको ३१ वटै वडामा आयोजना गरिएको बुथ केन्द्रित भेलालाई पालिका, जिल्ला, प्रदेश तथा केन्द्रस्तरका नेताहरुले संबोधन गरेका छन् ।