रुकुम(पूर्व) मा पाँच दलिय गठबन्धन संयन्त्रको बैठक बसेको छ । बैठक आइतबार रुकुमकोटमा बसेको हो । बैठकले जिल्लामा गठबन्धन दलका विगत र वर्तमानको तुलनात्मक मत सर्वेक्षण गरि दाबी प्रस्तुत गर्ने निर्णय गरेको छ ।

यस अनिर्णयअनुसार गठबन्धन पाँच दलले विगत र वर्तमान अवस्थाको मत सर्वेक्षण गरेर आ–आफ्नो दलबाट दाबी प्रस्तुत गर्ने बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य एवम् सिस्ने गाउँ संगठन समितिका इन्चार्ज कृष्ण रेग्मिले जानकारी दिनुभयो ।

यसैगरी बैठकले स्थानीय तहमा तालमेलको लागि गठबन्धनको केन्द्रिय संयन्त्रसँग ठोस र मूर्त मापदण्ड माग गर्ने निर्णय गरेको छ । गठबन्धन दल भित्र आपसी तिक्तता र वैमनश्य अन्त्य गर्दै यस्ता कार्य उत्पन्न हुन नदिन सतर्क रहने लगाएतका निर्णयहरु गरेको इन्चार्ज रेग्मिले जानकारी दिनुभएको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम(पूर्व) का संयोजक होमप्रकाश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांगेसका जिल्ला सभापत िकेशरमान रोका, नेकपा एकीकृत समाजवादीका अध्यक्ष भिउमान घर्ती, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य उपेन्द्रलाल कामी, राष्ट्रिय जनमोर्चाका प्रदेश कमिटी सदस्य चन्द्रविक्रम शाहीको उपस्थिती रहेको थियो ।

यस्तै आमन्त्रित अतीथीमा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य कृष्ण रेग्मि, कांग्रेस महासमिति सदस्य लक्षिराम घर्ती, महाधिवेशन प्रतीनिधी हर्कबहादुर रोका, भावना केसी, प्रकाश केसी, जिल्ला कार्यसमिति उपसभापती भिमबहादुर खड्का, नेकपा एसका जिल्ला सचिव भूवनेश्वर उपाध्याय, जसपाका जिल्ला सदस्य मंगले दमाईलगाएतको उपस्थिती रहेको थियो । अर्को बैठक चैत्र ३० गते बस्ने छ । बैठकको सहजिकरण नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओलीले गर्नुभएको थियो ।