रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर २ मा भेटिएको सकेट बम निष्किृय पारिएको छ । वडा नम्बर २ को कोटघारीमा भेटिएको सकेट बम नेपाली सेनाले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।
सोमबार त्यहाँका स्थानीयहरु घास काट्न जंगल गएको बेलामा घाँस काट्ने क्रममा बमजस्तो देखिने शंकास्पद वस्तु फेला पारेका थिए । लगत्तै उनिहरुले इलाका प्रहरी कार्यालय प्वाङमा जानकारी गराएको र प्रहरी घट्नास्थलमा पुगेर त्यस ठाउँलाई सुरक्षित राख्ने काम गरेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का सुचना अधिकारी एवम् प्रहरी निरीक्षक दिपेन्द्र बाँनीयाले जानकारी दिनुभयो । त्यसलगतै सेना गएर बम डिस्पोज गरेको हो ।
यो सहित सिस्ने २ मा दुई महिनाको अन्तरालमा तेस्रो पटक बम फेला पारि निष्कृय गरिएको हो । गएको फागुन २६ गते दर्जन बढी बम फेला पारि निष्कृय गरिएको थियो भने यहि चैत्र ११ मा पनि दुई वटा सकेट बम फेला पारि निष्कृय गरिएको प्रहरी निरीक्षक बाँनीयाले बताउनुभयो ।
अहिले पनि पहिले भेटिएको ठाउँको दश मिटरको आसपासमा बम फेला परेको उहाँले बताउनुभयो । तीनै पटक भेटिएका बमहरु जनयुद्धकालमा राखिएको हुन सक्ने प्रहरीले बताएको छ । सबै बमहरु पुराना रहेको पाइएको र केही बम खुला त केहि ड्रममा राखेको अवस्थामा भेटिएका थिए । सिस्ने २ को जंगलमा घासदाउरा जादा बम भेटिन थालेपछि नागरिकहरु त्रसित बनेका छन् । जिल्ला प्रहरी कार्यालयले बम हुन सक्ने सम्भावित ठाउँ हेरेर त्यस आसपास नजान र सावधानी अपनाउन नागरिकललाई आग्रह गरेको छ ।