रुकुम(पूर्व) कोे सिस्ने गाउँपालिकाले पाँच वर्षे कार्यकालमा गरेको कार्य सम्पादनको सार्वजनिक गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि संघियता कार्यान्वयनपछि पहिलो स्थानीय सरकारको रुपमा स्थापना भएको सिस्ने गाउँपालिकाले आफ्नो कार्यकालमा गरेको कामहरुको सार्वजनिक गरेको हो । पाँच वर्षे कार्यकालको अवधिमा गरिएको कामकाजको जानकारी गराउँदै गाउँपालिका अध्यक्ष कुमारी बरालले कृषि, पर्यटन, उद्योग प्रवद्र्धन, योग्य र दक्ष जनशक्तिको उत्पादनलगाएतका क्षेत्रलाई अबलम्बन गरेर काम गरेको बताउनुभयो ।

यस्तै आधारभूत सुविधाको उपलब्धता, दिगो भौतिक पूर्वधार विकास, जनताको पक्षमा समर्पित शासकिय प्रवन्ध, व्यक्तिको आचरणमा उच्च नैतिकता प्रदर्शन, बस्तीको आवरणमा सौन्दर्यको सदाबहार आभासलगाएतका विषयहरुलाई अबलम्बन गरेर काम गरेको अध्यक्ष बरालले जानकारी गराउनुभयो । यसैगरी पाँच वर्षे कार्यकालमा विस वर्षे दिर्घकालिन गुरुयोजना निर्माण, पचं वर्षिय आवधिकि योजना तयार पारि कार्यान्वयनमा लगेको, गाउँकार्यपालिकाको कार्यमा सहयोग पुर्याउन विभिन्न समितिहरु निर्माण गरिएको र लक्षित वर्गहरुका आवश्यकतालाई संबोधन गर्न अनुदान तथा आन्तरिक स्रोतबाट समेत बजेट विनियोजन गरिएको अध्यक्ष बरालले जानकारी गराउनुभयो ।

माटो सुहाउदो कानुन निर्माण गरेर कार्यान्वयन भइरहेको, पूर्ण सरसफाई तथा खानेपानी पहुँचको सर्वेक्षण भएको, स्थानीय सरकारको लागि ऐन, कानुन, कार्यविधि निर्माण गर्ने, हावा पानी, माटो अनुसार कृषि उत्पादन, पशु व्यवसायको लागि पकेट क्षेत्र तोकिएको पनि गाउँपालिका अध्यक्ष बरालले जानकारी गराउनुभएको छ । यस्तै रुकुमकोट भू–उपयोग योजना निर्माण गर्नेदेखि लिएर कृषि अनुदान प्रदान गर्न किसान पहिचान र वर्गिकरण र अध्यन भइरेहेको साथै किसान पेन्सन सम्बन्धमा प्रयास भइरहेको अध्यक्ष बरालले जानकारी गराउनुभयो ।

गाउँपालिकाले “समृद्ध सिस्नेः हाम्रो गन्तव्य” भन्ने दर्घिकालिन सोचअनुसार गाउँपालिकाले सडक निर्माण, खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, विद्युतलगाएतका क्षेत्रमा उल्लेख्य काम गरेको उहाँको भनाई छ ।

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व आपूर्ती मन्त्री गनेशमान पुनको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतीनिधी, सुरक्षा निकाय, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतीनिधी, गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतीनिधी, बुद्धिजिवी, स्थानीय नागरिकलगाएतको उपस्थिती रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष गोबधन बुढाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष जिवन केसीले गर्नुभएको थियो ।