रुकुम(पूर्व) मा उम्मेद्वारको टुङ्गो लगाउने दिन नजिकिदै जादा गठबन्धन हुने की नहुने भन्नेमा टुङ्गो लाग्न सकेको छैन् । शनिबार रुकुमकोटमा बसेको पाँच दलिय गठबन्धन जिल्ला स्तरीय संयन्त्रको बैठकले पनि गठबन्धन हुने की नहुने भन्ने कुराको टुङ्गो लगाउन सकेन् । अब जिल्ला संयन्त्रले गठबन्धनको टुङ्गो लगाउने सम्भावना लगभग सकिएको छ । जिल्लाको पाँच गठबन्धन जिल्ला स्तरीय संयन्त्रबाट आसन्न स्थानीय तहको लागि चुनावी उम्मेद्वारको भागबन्डामा कुरो मिल्न नसकेपछि अब संयन्त्रले यो जिम्मा पालिकालाई सुम्पिएको छ ।
शनिबार रुकुमकोटमा बसेको जिल्ला स्तरीय पाँच गठबन्धनको बैठकले तालमेलका लागि भागबन्डामा सहमति हुन नसकेको बैठकमा सहभागी जनता समाजबादी पार्टी (जसपा)का केन्द्रीय सदस्य उपेन्द्रलाल कामीले जानकारी दिनुभयो । जिल्ला स्तरीय पाँच गठबन्धनको संयन्त्रबाट भागबन्डामा सहमति हुन नसकेपछि तालमेलको लागि पालिका र वडालाई जिम्मा दिइएको कामीले बताउनुभयो । जिल्ला स्तरीय संयन्त्रबाट भागबन्डामा टुङ्गो लगाउन नसकेपछि तालमेलको बाटो पालिका र वडालाई खुला गरेको कामीको भनाई छ ।
नेपाली कांग्रेसले माओबादी केन्द्रसँग चुनावमा जादा समान हैसियत खोजेपछि माओबादी केन्द्रबाट अस्वीकार भएको छ । अहिले पनि गठबन्धन सरकारबाट देश चलिरहेको र चुनावमा पनि गठबन्धन गरेर जान समान हैसियत खोज्दा माओवादीले गठबन्धन बैठकमा उद्धारता नदेखाएको भन्दै अब पालिका र वडालाई तालमेलका लागि जिम्मा दिइएको नेपाली कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति भीमबहादुर खड्काले जानकारी दिदनुभयो ।
नेकपा एकीकृृत समाजबादी, जसपा र जनमोर्चाले पनि आफ्नो अस्तित्व सहितको समानजनक भागबन्डा हुनुपर्ने माग राखेका छन् । अब चुनावमा गठबन्धन गरेर जाने की एकल लड्ने भन्ने कुराको टुङ्गो सम्बन्धित वडा र पालिकालाई नै जिम्मा दिएको जिल्ला गठबन्धन संयन्त्रले बताएको छ । पालिकामा सहमती भयो भने गठबन्धन गर्ने नत्र एकल भिड्ने सम्भावना रुकुम(पूर्व)मा देखिएको छ । गएको चुनावमा रुकुम(पूर्व) को तिन वटै पालिकामा नेकपा माओवादी केन्द्रले जितेको थियो ।