रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरि एक जना नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नेपाली कांग्रेस प्रदेश क्षेत्र नम्बर क का क्षेत्रीय सचिव हिराधन पुन आइतबार माओवादी पार्टीमा प्रवेश गर्नुभएको हो ।

उहाँलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्रि गनेशमान पुन, केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओली, केन्द्रिय सदस्य कालीबहादुर मगरलगाएतले पार्टी प्रवेश गराउनुभएको छ । पुनले नेपाली कांग्रेस पार्टी सामन्तवादीहरुको पार्टी भएको बताउदै कम्यूनिष्ट पार्टी माओवादी जनातको पक्षमा काम गर्ने पार्टी भएकाले आफुले माओवादी पार्टी रोजेको बताउनुभएको छ ।