नेकपा एमाले निकट युवा संघका केन्द्रिय सदस्य एवम् रुकुम(पूर्व) जिल्ला अध्यक्ष नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । युवा संघका केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष बमबहादुर बुढा ‘विजय’ एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । उहाँ पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्माका हुनुहुन्छ ।

पहिले नेकपा माओवादी केन्द्रमै रहनुभएका उहाँ बिचमा नेकपा एमाले र माओवादीको एकता विभाजनपछि एमालेमा जानुभएको थियो । अहिले उहाँ एमालेबाट पुरानै घर माओवादी केन्द्रमा फर्किनुभएको हो । एक कार्यक्रमको आयोजना गरि विजयलाई मंगलबार पार्टी प्रवेश गराइएको नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिका संगठन समितिका सहसचिव टिकासाइ घर्तीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार समिति सदस्य ओमप्रकाश घर्ती, पार्टी लुम्बिनी प्रदेश समिति सदस्य एवम् गाउँपालिका संगठन समिति इन्चार्ज जिताराम कामी, प्रदेश समस्यहरु महेन्द्र बुढा, संगम रोका, प्रदेश सल्लाहकार समिति सदस्य जगत घर्ती लगाएत जिल्ला समन्वय समिति, पालिका समिति, वाइसियलका पदाधिकारी एवम् प्रतीनिधीरुहरुले विजयलाई पार्टीमा स्वागत गर्नुभएको थियो । उहाँलाई फुलमाला, अबिर आवरण र दोसल्ला ओढाई माओवादी केन्द्रमा स्वागत गरिएको छ ।

पूर्व जनमुक्ति सेना र सहिद पुत्र समेत रहनुभएका विजयले एमालेमा रहेर सहिदका सपना साकार पार्न नसकिने र माओवादीको कारण स्थापीत व्यवस्थालाई पूर्णता दिन सम्भव नदेखेर पूनः माओवादीमै फर्किएको बताउनुभएको छ ।