बिक्रम परियार/रुकुम(पूर्व)


रुकुम(पूर्व) मा मौसम परिवर्तनसँगै भाइरल विरामीहरुको संख्या बढ्न थालेको छ । जिल्लाका विभिन्न ठाउँमा मौसमी रुघाखोकी र झाडापखालाका बिरामीहरुको संख्या बढ्न थालेहको स्वास्थ्य संस्थाहरुले जनाएका छन् । गाउँमा अहिले जाडोको सिजन सकिएर गर्मियाँम सुरु भएसंगै पहिलेभन्दा हिजोआज मौसमी बिरामीहरुको चाँप बढ्दै गएको पुथा उत्तरगंगा गाउँपालिका ३ स्थित आधारभूत स्वास्थ्थ इकाई रन्माका इन्चार्ज अहेव मनिष बुढामगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यहाका बिरामीहरुमा ज्वरो, रुघाखोकी, झाडापखाला र बान्ता आउनेजस्ता लक्षणहरु देखिन थालेका छन । यस्तो समयमा असुरक्षित र बासि खाना खाने, पानि सुद्धिकरण नगरी पिउने र सररफाइको कमीले गर्दा भाइरसले छिट्टै संक्रमण गर्ने गरेको इन्चार्ज बुढाले बताउनुभयो । पुथा उत्तरगंगा गाउँपालिकाका नागरिकहरुको स्वास्थ्य उपचारको लागि औषधीको अभाव भने नभएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख समिर गिरीले बताउनुभयो ।

यस्तै भूमे गाउँपालिकामा पनि अरुबेला भन्दा मौसमी विरामिहरु बढेको स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादवले जानकारी दिनुभयो । सिस्ने गाउँपालिका ५ रुकुमकोटमा रहेको रुकुमपूर्व अस्पतालमा भने यो भन्दा २ हप्ता अघि मौसमी रुघाखोकी भाइरल व्याक्ट्रिया र झाडापखालाका बिरामीहरु धेरै नै बढेका थिए । दैनिक ४० देखि ५० जना बिरामीहरुको चाँप अस्पतालमा हुने गरेको रुकुम पूर्व अस्पतालका फार्मेशि बिश्व नाथले जानकारी दनुभयो । अहिले भने सरदरमा १५ देखि २० जनाको संख्यामा सामान्य पखालाका बिरामीहरु आउने गरेको रुकुमपूर्व अस्पतालले जनाएको छ ।

रुकुम पूर्व अस्पतालमा अहिलेका लागि समान्य खालका बिरामीहरुका लागि औषधि उपलब्ध भएपनी जिल्लाभरीका नागरिकहरु लाभान्वित हुने गरि आवश्यक सबैखाले र इर्मेजेन्सि औषधि नभएको अस्पतालले बताएको छ । स्थानिय सरकारको स्थापनापछि जिल्लाको ग्रामिण भेगका नागरिकहरुलाई मध्यनजर गर्दै विभिन्न वडामा स्वास्थ्थ चौकी, प्राथामिक स्वास्थ्थ केन्द्र र आधारभुत स्वास्थ्थ इकाइ स्थापना गरि सेवा प्रदान भइरहेको छ ।