रुकुम(पूर्व) मा नेपाली कांग्रेस परित्याग गरि एक जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ३ राक्सेका धनबहादुर खड्का नेपाली कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

उहाँलाई आज नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्रि गनेशमान पुन, पार्टी प्रदेश समिति सदस्य एवम् सिस्ने गाउँपालिका संगठन समिति इन्चार्ज कृष्ण रेग्मि, प्रदेश समिति सदस्य कुमारी बराललगाएतले पार्टीमा स्वागत गर्नुभएको छ । उहाँहरुले खड्कालाई अविर आवरण तथा दोसल्ला ओढाई पार्टीमा स्वागत गर्नुभएको हो ।

खड्का २०४६ सालदेखि नै नेपाली कांग्रेसको क्रियाशिल सदस्य हुनुुहुन्थ्यो । साथै उहाँ ३ नम्बर वडा राक्सेको सबै भन्दा पुरानो कांग्रेसको पार्टी सदस्य हुनुहुन्थ्यो । नेपाली कांग्रेसमा रहदा पार्टीले कहिल्यै पनि आफ्नो योगदानको कदर नगरेको र पुराना मान्छेलाई व्यवस्थापन गर्न नसकेको खड्काले बताउनुभयो । देशको व्यवस्था बदलेर अवस्था बदल्नतीर लागेकोले आफुले माओवादी पार्टी रोजेको खड्काले बताउनुभयो ।

खड्कालाई स्वागत गर्दै पार्टी केन्द्रिय सदस्य पुनले सर्वहारा वर्गको लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र रहेको बताउनुभयो । जनयुद्ध र जनआन्दोलनबाट भएको उपलब्धिको हकदार पनि माओवादी केन्द्र नै रहेको नेता पुनले बताउनुभयो । चुनावको मुखैमा जिल्लामा एमाले र कांग्रेस पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहरले पनि निकै उत्साह थपेको उहाँको भनाई छ । साथै नेता पुनले आगामी वैशख ३० मा हुन लागेको स्थानीय तहको चुनावमा माओवादीलाई विजयी गराउने गरेर सबैलाई आ–आफ्नो ठाउँबाट लाग्न आग्रह गर्नुभएको छ ।