रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा नेपाली कांग्रेसले मनोनयन दर्ता गरेको छ । वैशाख ३० हुने स्थानीय तह चुनावको लागि नेपाली कांग्रेसले सिस्ने गाउँपालिकामा अध्यक्ष पदको लागि दत्तबहादुर बस्नेतले मनोनयन दर्ता गराउनुभएको छ । उहाँले आज बाजागाजासहित मुख्य निर्वाचनको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले पुथाउत्तरगंगा गाउँपालिकामा अध्यक्ष पदको उम्मेद्वार टुङ्ग्याइसकेको छ । तर मनोनयन भने भोली दर्ता गराउने नेपाली कांग्रेस जिल्ला सभापती केशरमान रोकाले जानकारी दिनुभयो । उहाँकाअनुसार त्यहाँ पालिका अध्यक्षको उम्मेद्वार तेजेन्द्र खामलाई टुङ्ग्याइएको छ । उपाध्यक्षको भने टुङ्गो लागिनसकेको सभापती रोकाले बताउनुभयो । उपाध्यक्ष पदको लागि कर्मचिज पुन र कमला मल्लको दाबि रहेको छ । दुवैले अडान नछोडेपछि भोलीसम्ममा सहमतीबाट उपाध्यक्षको टुङ्गो लगाउने र मनोनयन दर्ता गरिने सभापती रोकाको भनाई छ ।
यस्तै भूमे गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट वडा नम्बर ९ को अध्यक्षको लागि मनोनयन दर्ता भएको छ । वडाध्यक्षको लागि ९ बाट समिर पुनले आफ्नो उम्मेद्वारी दर्ता गराउनुभएको हो । पालिका अध्यक्ष र उपाध्यक्षको भने अझै टुङ्गो नलागेको नेपाली कांग्रेस जिल्ला उपसभापती भिमबहादुर खड्काले जानकारी दिनुभयो । उहाँकाअनुसार पालिका अध्यक्षको भिमबहादुर ओली र नरेस बुढाको दाबी छ । उपाध्यक्षमा कमला खड्काको दाबी छ । अध्यक्ष पदको उम्मेद्वारी छलफलबाट टुङ्ग्याउने प्रसास भइरहेको छ भने नेकपा एमालेसँग तालमेलको कुरा पनि चलिरहेको उपसभापती खड्काले बताउनुभयो ।
उम्मेद्वारसँगसँगै एमालेसँगको सहकार्यको टुङ्गो भोली लाग्ने र मनोनय दर्ता पनि भोली नै गर्ने नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुकुम(पूर्व) ले जानकारी दिएको छ । अन्य वडाको पनि कतीपय ठाउँमा उम्मेद्वारी टुङ्गो लागिनसकेकाले छलफल चलिरहेको बताइएको छ ।