रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाको लागि नेकपा माओवादी केन्द्रले उम्मेद्वारको टुङ्गो लगाएको छ । माओवादी केन्द्रको तर्फबाट सिस्ने गाउँपालिकामा अध्यक्ष पदको लागि कृष्ण रेग्मि र उपाध्यक्ष पदको लागि आस्था विक सिफारिस हुनुभएको छ । आइतबार बेलुकी बसेको पार्टी सिस्ने गाउँ कमिटीको बैठकले वैशाख ३० मा हुन लागेको स्थानीय तह चुनावको लागि अध्यक्ष उपाध्यक्षको उम्मेद्वारको टुङ्गो लगाएको हो ।

माओवादी केन्द्र सिस्ने गाउँ समितिले यस अघि नै वडाका अध्यक्ष र वडा सदस्यहरुको उम्मेद्वारको टुङ्गो भने लगाइसकेको छ । आजै पालिका अध्यक्ष, उपाध्यक्षसँगै वडाध्यक्ष र वडा सदस्यहरुको मुख्य निर्वाचनको कार्यालयमा पुगेर मनोनयन दर्ता गरिने नेकपा माओवादी केन्द्र सिस्ने गाउँ समितिले जनाएको छ । सिस्नेमा पालिका अध्यक्षको लागि नेपाली कांगे्रसबाट आइतबार दत्तबहादुर बस्नेतले मनोनयन दर्ता गराउनुभएको छ ।