रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा एक पालिका उपाध्यक्षसहित ५ जनाको स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ । सिस्नेमा पालिका उपाध्यक्ष पदको लागि भावना बुढाथोकीले स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनुभएको छ । यस्तै १ नम्बर वडाबाट गणबहादुर बुढा र ५ नम्बर वडाबाट जयबहादुर मल्लले अध्यक्ष पदको लागि स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
५ नम्बर वडाबाट दलित महिला सदस्यको लागि चन्द्रकुमारी दमाई र सदस्यको लागि कमल सिहं ठकुरीले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभएको छ ।