रुकुम(पूर्व) को मा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ३ बाट महिला सदस्य निर्विरोध निर्वाचित भएसँगै रुकुम(पूुर्व) मा माओवादी केन्द्रले विजयी सुरुवात गरेको हो ।

स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा भूमे गाउँपालिका ३ मा महिला सदस्यमा माओवादी केन्द्रबाट विष्णु रोकाको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत बिमलप्रसाद बरालले जानकारी दिनुभयो । जनयुद्धको आधार इलाका रुकुम(पूर्व) मा नेकपा माओवादीको उम्मेदवार निर्विरोध निर्वाचित हुनुले निर्वाचनमा थप हौसला मिलेको नेकपा माओवादी केन्द्र रुकुम(पूर्व) ले जनाएको छ ।