रुकुम(पूर्व)मा ९ जनाले स्वतन्त्र मनोनयन दर्ता गराएका छन् । जिल्लााको तीन पालिकामा दुई जना पालिका अध्यक्षसहि ९ जनाले स्वतन्त्र मनोनयनन दर्ता गराएका हुन् । पुथाउत्तरगंगा गाउँपालिकामा दुई जनाले अध्यक्ष पदको लागि स्वतन्त्र मनोनयन दर्ता गराउनुभएको छ । त्यहाँ पालिका अध्यक्षको लागि जिताराम कामी र महेन्द्र बुढाले स्वतन्त्रबाट मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै जिल्लामा उपाध्यक्ष पदको लागि पनि स्वतन्त्रबाट दुई जनाले मनोनयन दर्ता गराउनुभएको छ । भूमे गाउँपालिकामा उपाध्यक्ष पदको लागि नमिता पुन र सिस्ने गाउँपालिकामा उपाध्यक्ष पदको लागि भावना बुढाथोकीले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभयो । उहाँकाअनुसार पुथाउत्तरगंगा गाउँपालिकाको ४ नम्बर वडामा पनि वडडाधयक्ष पदको लागि अमर सिं पुनले मनोनयन दर्ता गराउनुभएको छ ।

सिस्ने गाउँपालिकाको १ नम्बर वडाबाट गणबहादुर बुढा र ५ बाट जयबहादुर मल्लले पनि स्वतन्त्रबाट मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत लवटले बताउनुभयो । उहाँकाअनुसार ५ नम्बर वडामा दलित महिला सदस्यको लागि चन्द्रकुमारी दमाई र सदस्यको लागि कमलसिंह ठकुरीले स्वतन्त्रबाट मनोनयन दर्ता गराउनुभएको छ ।