हिकमत प्रोतल /रुकुम(पूर्व)


रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ३ नेपाली कांग्रेस तर्फबाटको वडाध्यक्ष दाबेदार नेकपा माओबादी केन्द्रमा प्रवेश गर्नु भएको छ । बुलेन्द्र बुढाले आज नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगाको पार्टी कार्यालय तकमा प्रवेश गर्नु भएको हो ।

बुढालाई पार्टी कार्यालयमा अनौपचारिक कार्यक्रम गरी प्रवेश गराइएको हो । वुढालाई नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य महेन्द्र बुढाले दोसल्ला र अविरआवरण गराइ पार्टीमा स्वागत गर्नु भएको हो ।

कांग्रेसको तर्फबाट वडाध्यक्ष दाबेदार बुढाले कांग्रेसमा सक्रियता पूर्वक काम गर्दै आउनु भएको थियो । जति सक्रिय भएर काम गरे पनि आफ्नो मुल्यांकन पार्टीले नगरेको बताउनुभयो । रुकुम जस्तो ठाउँमा माओवादीको विकल्प अरु नभएकोले आफुले कांग्रेस परित्याग गरी माओवादी रोजेको बुढाले बताउनुभयो ।