रुकुम(पूर्व) सिस्ने गाउँपालिका अध्यक्षका उम्मेद्वार कृष्ण रेग्मीले सिस्नेका विभिन्न बस्तिमा पुगेर घरदैलो कार्यक्रम गर्नुभएको छ । आउदो बैशाख ३० गते हुने दोस्रो चरणको चुनावलाई लक्षित गरि सिस्नेका विभिन्न बस्तिमा पुगेर रेग्मीले घरदैलो कार्यक्रम गर्नुभएको हो । अध्यक्षका उम्मेद्वार रेग्मी र उपाध्यक्षका उम्मेद्वार आस्था विकले १ नम्बर वडाका भङ्ग, सल्लि विसौना, भट्टेचौर, पाखापानी र ओखरेना बस्तिमा पुगेर मतदाता भेटघाट गर्नुभएको माओबादि केन्द्र सिस्नेले जनाएको छ ।

भेटघाटका क्रममा सिस्नेका जनताले प्राथमिकताका साथ खानेपानी र पुलको माग राखेका छन । “हाम्रो गाउँमा खानेपानी र खोला तर्न पुलको समस्या छ” ओखरेनाका निमबहादुर बुढाले भन्नुभयो, “यसको समाधान गरिदिए आभारी हुने थियौ ।” सिस्नेका अधिकांश बस्तिमा खानेपानी समस्या पनि भएकाले यसलाई तत्काल समाधान गरिदिनु पर्ने भनाई उहाँको थियो । सिस्नेलाई यातायातको पहुँमा जोडन र बैठक तथा तालिम सञ्चालन गर्ने भवन निर्माण तथा रोजगारीको सिर्जना गरि दिन सिस्नेका जनताले माग गरेका छन । सवै मागहरुलाई सम्बोधन गर्न आफुहरु प्रतिवद्ध रहेको रेग्मीले बताउनुभयो ।

“म सिस्नेली जनताको समस्या, गुनासा सुन्न र दुख महसुस गर्न सिस्ने आएको हुँ” रेग्मीले भन्नुभयो, “तपाईहरुका माग पुरा गर्छौ ।” खानेपानी समस्यालाई तत्काल समाधान गर्न आफुले सहयोग गर्ने उहाँले बचन दिनुभयो । खानेपानी मात्र नभई सवै खाले आधारभूत विकास निर्माणका काम माओबादि केन्द्रले गर्ने हुदाँ माओबादि केन्द्रलाई भोट दिन उहाँले सवैमा आग्रह गर्नु भएको छ । “गरिव निमुखा र हुदाँ खाने नागरिकको पार्टी माओबादि केन्द्र हो । माओबादि केन्द्रले नै हाम्रो दुख महसुुस गर्छ विकासको अनुभुति गराउँछ सिस्नेली जनताले भनेका छन, हामि माओबादि केन्द्रका उम्मेद्धारलाई जिताउन तयार छौ ।”