जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) ले निर्वाचन आचारसंहिता पालना गर्न सबैलाई आग्रह गरेको छ । प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काद्धारा हस्ताक्षरित एक सुचना जारी गर्दै जिल्लामा आचारसंहिता कडाइका साथ लागु गर्न आग्रह गरेको हो ।

प्रशासनद्धारा जारी सुचनामा भनिएको छ, “निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले निर्वाचन ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरि जारी गरेको निर्वाचन आचारसंहिता २०७८ मा राजनीतिक दल वा उम्मेद्वारको निर्वचन चिन्ह अंकित ज्याकेट, भेष्ट, टि–सर्ट वा क्याप, मास्क वा अन्य कूनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला ब्याच, जस्ता सांकेतिक सामाग्री उत्पादन, प्रयोग, बिक्रि वितरण प्रदर्शन गर्न गराउन पाइने छैन् । सार्वजनिक सडकका पोल वा कूनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेद्वारको निर्वाचन चिन्ह राख्न वा टाँस्न प्रतिबन्ध गरेकाले त्यस्ता क्रियाकलाप नगर्न नगराउन र गरेको भए तत्काल रोक्न र हटाउने कार्य गर्न अनरोध गरिएको कुरा सुचनामार्फत जानकारी गराइएको छ ।

यस्तै सामाजिक मर्यादा तथा निर्वाचन आचारसंहिता विपरित श्रव्य, दृश्य सामाग्री सञ्चार माध्याम, सामाजिक संजालमार्फत राजनितीक दल, उम्मेद्वार, मतदाता, निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मीलगाएत कोहिप्रती पनि लक्षित गरि गाली गलौज तथा भ्रामक सुचना र निर्वाचन विरोधी सिन्देश प्रवाह नगर्न नगराउन प्रशासनले सुचनामार्फत अनुरोध गरेको छ । निर्वाचन आचारसंहिता विपरितका कार्य कसैले गरे र गराएको पाइएमा सुरक्षाकर्मीद्धारा नियन्त्रणमा लिने र प्रचलित कानुनबमोजिम कारबाही गर्ने कुरा सुचनामार्फत जानकारी गराइएको छ ।