बिक्रम परियार /रुकुम(पूर्व)
रुकुम(पूर्व) मा दैनिक उपभोग्य वस्तुहरुकमो मूल्य वृद्धि भएको छ । रुकुमकोट जिल्ला उद्योग वाणिज्य संघ र होटेल व्यवसायि संघ रुकुम(पूर्व) को बैठकले दैनिक उपभोग्य सामान र वजारका सबै चिजवस्तुहरुको मुल्य बढाएको हो ।
उद्योग बाणीज्य संघ र होटेल व्यवसायी संघले सबै व्यवसायीहरुलाई निर्णयअनुसारको मूल्य वृद्धि गर्न अनुरोध गरेका छन् । वृद्धि भएको मुल्यअनुसार होटेलमा सादा खानाको २००, मटन खानाको ३५०, चिकेन खानाको ३००, बोतलको पीउने पानीको ३० रुपैयाँ कायम गरिएको छ । यस्तै रोटि तरकारीको २००, मासु चिउराको २००, चिकेन ममको १५०, मटन ममको २००, चाउमिन अन्डाको १४०, दुध चियाको ३०, कालो चियाको २०, दुध कफिको ७० र कालो कफिको ४० रुपैँया कायम गरिएको छ । होटेलमा पाइने अन्य सबै चिज वस्तुहरुको मूल्य वृद्धि गरिएको होटेल व्यवसायी संघ रुकुम(पूर्व) का अध्यक्ष विनोद केसीले जानकारी दिनुभएको छ ।
यस्तै बजारमा पाइने दैनिक उपभोग्य सामानहरुको पनी मूल्य वृद्धि गरिएको छ । जसमा खाने तेलको मूल्य अत्याधिक मात्रामा बढेको छ । अहीले तेल बजारमा पहिलेको तुलनामा दोब्बर बढी मुल्यमा बिक्रि भइरहेको छ । यस्तै चामलको मूल्य गुणस्तर हेरी ८ ⁄ ९ प्रतिशतले वृद्धि भएको छ । यसैगरी क्रमसः दालमा १० प्रतिशत, चिनिमा १३ प्रतिशत, तरकारी र फलफुलको सरदरमा ७ प्रतिशत र लत्ताकपडाको भने ४ प्रतिशतले मूल्य वृद्धि भएको रुकुमकोट उद्योग बाणिज्य संघ रुकुम(पूर्व) का अध्यक्ष यज्ञप्रकाश मल्लले बताउनुभएको छ ।
मल्लका अनुसार बजारको माग र उत्पादनका आधारमा मूल्य वृद्धि हुने गर्छ । उत्पादनमा कमि र बजारको तिव्र माग भएमा मूल्य वृद्धि हुनु स्वभाविक हुन्छ । अहिले विशेष गरि रुस युक्रेनको युद्धको प्रभाव परी कच्चा पदार्थमा कडाइ गरीएको र स्थानिय उत्पादनमा कमी आएकोले वजारमा मूल्य वृद्धि भएको बताइएको छ । अहिले रुकुम(पूर्व) को सन्र्दभमा भने भैरहवा र तुल्सिपुरबाट खरिद भएर आउने सामान महंगो भएकाले यहाँ मूल्य वृद्धि भएको बताइएको छ । बजारमा दैनिक उपभोग्य सामानको मुल्य चर्किदा उपभोक्तहरु भने मारमा परेका छन् ।