रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको संयुक्त चुनाव प्रचारप्रसार तथा घरदैलो अभियान जारी रहेको छ । आसन्न वैशाख ३० मा हुने स्थानीय चुनावलाई मध्यनजर गर्दै आज वडा नम्बर ३ को पोखरामा जनभेटघाट तथा घरदैलो अभियान गरिएको हो । अभियानको आज तेस्रो दिन सिस्ने गाउँपालिका वडा नम्बर ३ को बागेधारा र पाङ्गा टोलमा कार्यक्रम सम्पन्न गरिएको छ । जनभेटघाटका क्रममा सहभागिहरुले ३ नम्बर वडाको विकासको लागि विशेष ध्यान दिनुपर्ने बताएका छन ।

खानेपानी ,स्वास्थ्य ,शिक्षा सडक र विद्युतलाई सुधार गर्नुपर्ने सहभागीहरुको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिका अध्यक्षका उम्मेदवार कृष्ण रेग्मिले अब सिस्ने सरकार शुसासन, पार्दर्शी, जवाफदेही, भ्रष्टाचारमुक्त गाउँपालिका निर्माण गर्ने पहिलो प्राथमिकता रहेको प्रतिबद्धता जनाउनुभएको छ । साथै रेग्मीले ३ नम्बर वडालाई सदरमुकाम सङ्ग जोड्न सडक संजाललाई सुधार गर्ने, शिक्षामा दक्ष जनशक्ति उत्पादन गरि व्यवस्थापन गर्ने, विद्युत र संचारलाई भरपर्दो बनाउने बताउनुभएको छ । साथै आफ्नो टिम निर्वाचित भएपछि ६÷६ महिनामा यसैगरी जनताको घरदैलोमा आएर जनताको शुझाव संकलन गरेर अघि बढ्ने रेग्मिको भनाई छ । नजिकको वडामा भने एकएक महिनाको अन्तरालमा पुग्ने उहाँले बताउनुभयो । त्यस्तै ३ नम्बर वडामा रहेको मौरी पकेट क्षेत्रलाई थप व्यव्स्थित गर्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ ।

जनभेटघाटका क्रममा ३ नम्बर वडा अध्यक्षका उम्मेदवार हेराम खड्काले २०७४ सालको स्थानीय चुनावमा थोरै मतले पराजय भएको हुँदा यसपालि पनि पाटिले अफुलाईनै अगाडि सारेकोमा खुशी व्यक्त गर्दै ३ नम्बर वडा बासी जनतालाई ढुक्क भएर आफ्नो सम्पुर्ण टिमलाई अमुल्य मत दिएर जिताउन आग्रह गर्नुभएको छ । खड्काले आफू बिजय भैसकेपछी आफ्नो टिमले जनताको सल्लाह सुझाव र आवश्यकता अनुसार विकास निर्माणका कामकाजलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । त्यस्तै कार्यक्रममा एकीकृत समाजबादी पार्टीका जिल्ला सचीव भुवनेश्वर उपाध्यायले यसरी नै सबै एकजुट भएर लागेमा जित सुनिश्चित भएको बताउनुभएको छ । उपाध्यायले उम्मेदवार विजय भए लगत्तै गाउँमा भएका समस्याको पहिचान गरि समाधान गर्न तर्फ लाग्ने नै पहिलो प्राथमिकता रहने उहाको भनाई रहेको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्षका उम्मेदवार कृष्ण रेग्मी ,उपाध्यक्षका उम्मेदवार आस्था विक, ३ नम्बर वडा अध्यक्षका उम्मेदवार हेराम खड्का, वडा सदस्यका सबै उम्मेदवारहरु, अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष केशव रावल, एकीकृत समाजबादिका जिल्ला सचीव भुवनेश्वर उपाध्यायको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण अनेरास्ववियुका केन्द्रिय सदस्य रेवन खड्काले गर्नुभएको थियो ।