रुकुम (पूर्व) मा नेकपा माओवादी केन्द्र र नेकपा एमसले सिस्ने गाउँपालिकाले वडा नम्बर ३ स्थित राक्से र पोखरा टोलमा सयुक्त जनभेटघाट तथा घरदैलो कार्यक्रम गरेका छन् । वैशाख ३० मा हुने स्थानीय चुनावलाई मध्यनजर गर्दै जनभेटघाट तथा घरदैलो अभियान सम्पन्न गरिएको हो ।

घरदैलो तथा जनभेटघाटका क्रममा नागरिकहरुले अध्यक्ष उपाध्यक्ष र वडाका उम्मेदवार सामु विभिन्न मागहरु राखेका राखेका छन । हरेक बर्ष बर्षाको समयमा सानिभेरी नदिले जमिन कटान गर्दै जादा पोखराको बस्ती जोखिममा रहेकोले त्यस तर्फ तटबन्धको लागि बिशेष ध्यान दिन आग्रह गरेका छन । त्यस्तै सहभागिहरुले सडक खानेपानी, स्वास्थ्य, रोजगार, शिक्षा, महिलाहरुलाई विभिन्न सिपमुलक तालिमको व्यवस्था गर्नुपर्ने, खेलकुदको क्षेत्रमा मुलपानी रंगशालालाई थप व्यवस्थित गर्नुपर्ने लगाएतका मागहरु उम्मेदवार समक्ष माग राखेका छन ।

कार्यक्रममा आफ्नो प्रतिबद्धता राख्दै गाउँपालिका अध्यक्षका उम्मेदवार कृष्ण रेग्मिले नागरिकहरुले राखेका मागहरुलाई आफू निर्वाचित भए लगत्तै प्राथमिकता आधारमा पहिलो बर्षनै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकोछ । त्यस्तै रेग्मीले स्वास्थ्यमा विशेषज्ञ डाक्टरको टोलि सहित गाउँ गाउँमा घुम्ती सिबिर संचालन गर्ने वताउनुभयो । कृषिमा वास्तविक किसान छनोट गरि अनुदान कृषि लोनको व्यवस्था र किसानहरुलाई कृषि पेन्सनको व्यवस्था गर्ने उहाँको भनाई रहेको छ ।

त्यस्तै कार्यक्रममावडा अध्यक्षका उम्मेदवार हेराम खड्काले आफ्नो टिम निर्वाचित भएपछि जनताको समस्यालाई क्रमश पूरा गर्दै जाने प्रतिबद्धता जनाउनुभएको छ । खड्काले वडाबाट सम्बोधन हुन सक्ने समस्यालाई वडाबाट नै हल गर्ने बाकी ठुला समस्यालाई पालिका ,प्रदेश संघ सम्म पहल गरेर समाधान गर्ने बताउनुभएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्षका उम्मेदवार कृष्ण रेग्मी, उपाध्यक्षका उम्मेदवार आस्था बिक, ३ नम्बर वडा अध्यक्षका उम्मेदवार हेराम खड्का वडा सदस्यका सबै उम्मेदवारहरु एकीकृत समाजबादिका जिल्ला सचिव भुवनेश्वर उपाध्यायको उपस्थिति रहेको थियो ।